ओम आचार्य
नवग्रहमा सूर्यको सत्ता सबैले स्वीकारेका छन् र यो सत्ताको प्रत्यक्षीकरण छ। नवग्रहमा सूर्य राजा हो यो राजाबाट यो सूर्यबाट अन्य ग्रह जीवित छन्, नक्षत्र ग्रह सबैको प्रतिष्ठा र उत्पत्ति स्थान नै सूर्य हो र यसैबाट उत्पत्ति पनि भएका हुन्।
सूर्यको सुषुम्णा नामको रश्मीले नै क्षीण चन्द्रमालाई बढाउँछ, हरिकेष नामको रश्मीले नक्षत्रलाई उत्पन्न गर्छ, विश्वकर्मा नामको रश्मीले बुधलाई सन्तुष्ट गर्छ, विश्वावसु नामक रश्मी शुक्रको उत्पत्ति स्थान भनिएको छ। संवर्धन नामको रश्मी मंगलको उत्पत्तिस्थल हो अश्वभुनामको रश्मी बृहस्पतीको उत्पत्ति स्थल हो। सुराट् नामको रश्मी शनैस्चरलाई वृद्धि गर्छ। यसै कारण ग्रह नक्षत्र कहिल्यै पनि नष्ट हुदैनन्।
सूर्य साधना नै नवग्रहमा उत्तम साधना हो जसले अन्य ग्रहहरूको प्रतिकुलतालाई समेत अनुकुलतामा परिणत गर्छ। यसैकारण पनि नवग्रहमा सूर्य राजा हो र यसैकारण सूर्यको सत्ता सबैले स्वीकारेका छन्।
सूर्य साधना र गायत्री मन्त्र
गायत्री मन्त्र नै सूर्य साधना हो। गायत्री मन्त्रभन्दा ठूलो मन्त्र अरु छैन। गायत्री वेदकोमाता हो र चारै वेदको मन्त्र नै गायत्री हो। गायत्री सबै देवहरूको र सबै वेदहरूको मन्त्र हो। यसै कारणले सूर्य मन्त्रको ठूलो बल छ। ठूलो महत्व छ। विना सूर्य साधना कुनै पनि इष्टको साधना सम्भव छैन यो बुझे हुन्छ।
गायत्री मन्त्र नै सूर्य साधना हो र हाम्रो हिन्दु धर्ममा जति पनि देव देवीहरू छन् ती सबैको गायत्री मन्त्र छन्। र हाम्रो वैदिक विधिमा सूर्य उपसना प्रमुख हो र अन्य देवको उपसनामा सूर्य नै प्रमुख आधार हो र सबै देवको आधार नै सूर्य हो।
पहिलो कुरा त तन्त्रले के भन्छ भने आफ्नो इष्टदेवतालाई सूर्य मण्डलमा सम्झेर सूर्यलाई अर्घ्य दिनुस् र आफ्नो इस्टदेवको गायत्री मन्त्र जप्नुस्। यो कुरा बुझ्नुस् सूर्यलाई अर्घ्य नदिकन कुनै पनि सांधनाको सिध्दी हुदैन र यसो गर्नु पनि हुदैन। शास्त्र मत विरुद्ध हुन्छ।
सबै देवहरूको सक्तिको आवास स्थान नै सूर्य मण्डल हो।
ग्रहमा सूर्य राजा हो राजा ठिक त सबै ठिक
राजा खराब भए राम्रोको पनि राम्रो नतिजा पाइँदैन अरु खराबै छन् भने पनि सूर्य (राजा) ठिक छ भने राहत हुन्छ।
नवग्रहमा सूर्यको महत्व यस्तो छ
सूर्यले नै हामीलाई कर्म गर्न सिकाउछ
सुर्योदयसंगै हामी उठछौं सम्पुर्ण चराचर जगत जाग्छ र आफ्नो दैनिकी कर्ममा प्रेरित हुन्छौं।
अतः सूर्य शुभ स्वगृह उच्च मित्र राशिमा ग्रहण योगबाट मुक्त पाप प्रभावबाट मुक्त छ भने
राम्रो शुभ प्रभावमा बुद्धी हुन्छ अन्य अशुभ ग्रहको महादशामा पनि ग्रहको बल कमजोर भएर अशुभतामा न्युनीकरण हुन्छ। तर, सूर्य खराब भए अशुभ भए ग्रहण योगमा परेको अवस्थामा सूर्यको अशुभता र अनिष्ट अरु बढेर आउनुका साथै अन्य अशुभ ग्रहको अनिष्ठतामा समेत वृद्धि हुन्छ।
यस्तो अवस्थामा
सूर्य साधना नै उत्तम हो
सूर्य साधनाले उर्जा र शक्ति दिन्छ
सूर्य उर्जा र शक्तिको स्रोत हो
सूर्यले प्राण दिन्छ आयु दिन्छ
सूर्यले निरोगीता दिन्छ
र,
अन्य ग्रहलाई पनि ठिक गर्छ मानिसहरू थाकेर गलेर राति सुतेपछि सुर्योदयको समयमा पुनः जागरुक भएर उठ्छन सूर्यले नै आफ्नो तेजले सब प्रकाशित हुन्छन्। सूर्यले हृदयको दुर्बलता नाश गर्छ हृदय रोग र कास रोग नष्ट गर्छ। समुन्द्रको नुनिलो पानी स्वयम पिएर पुनः पिउने योग्य बनाउछ।
भगवान श्रीकृष्णद्वारा अभिसप्त उनको छोरा साम्वाने आफ्नो कोढको रोग सूर्यको अनुग्रहबाट नै शमन गरेका थिए, कुष्ठरोग पनि सूर्य सांधनाबाट ठिक हुन्छ।
महर्षी अगस्त्यले युद्ध क्षेत्रमा श्री रामलाई आदित्य हृदयस्त्रोत्रको उपदेश दिएका थिए
र राम विजयी भए।
आदित्याय विदमहे सहस्रकिरणाय धीमही। तन्न: सूर्य: प्रचोदयात्
सूर्यनारायणतिर मुख गरेर यो मन्तर जप गर्यो भने महाव्याधिको भयबाट मुक्ति मिल्छ दरिद्रता नाश हुन्छ सबै दोष र पापबाट मुक्ति मिल्छ।
यो सावित्री विधा हो।
जसले सूर्य देवताको हस्ता नक्षत्र भएको बेलामा अर्थात असोज महिनामा जप गर्यो भने मृत्युतुल्य कष्टबाट राहत पाउछ।
निम्वार्क/निम्वार्क
सूर्य र निम्वार्कको सम्बन्ध पनि जीवनमा धारण योग्य छ।
निम्वार्क के हो त?
निम्बे अर्क: निम्बार्क सप्तमी तत्पुरुष समाससे निम्व वृक्षमा सूर्य परिवोध हुन्छ।
पितामहाब्रम्ह कृत्रिम भेषमा दिउँसोको भोजमा सन्यासीको रुपमा श्री निम्वार्कतप स्थलमा पुगे र सबैलाई भोजनको लागि निम्वार्कले संकेत गरे तर सूर्य अस्त भइसकेको थियो किन्तु निम्वार्कले रातमा पनि सूर्य दर्शन गराए र सन्यासरुपी ब्रम्हको आतिथ्य गरे र हठात् सूर्य अन्तर्निहित भयो र रात सामुन्ने देखियो।
ब्रम्हको आश्चर्य भयो र यसै बेलादेखि उनलाई निम्वार्क नामले सम्बोधन हुन थाल्यो। निम्वार्कको नामको अर्को रहस्य पनि छ।
सर्वरोगहर निम्व
आयुर्वेदको यो महान वचन सिद्ध छ समस्त रोग निम्व वृक्षबाट शान्त हुन्छ रोगीहरूले निम्व वृक्षको सहारा लिदा हुन्छ।
कोलाहल नामक दैत्यसंग भगवानहरूको युद्ध भयो र दैत्यको प्रहारबाट बँच्न भगवानहरू सुक्ष्म रुप धारण गरेर वृक्षमा चढे।
जबसम्म भगवान महाविष्णुले दैत्यको नाश गरेनन् तबसम्म
शिवजी बेलमा
विष्णु पिपलमा
इन्द्र सिरिसमा
सूर्य निम्वमा लुकिरहे
अतः
निम्वको पूजा गर्नु पनि समस्त रोगको उपचार हुन्छ सूर्य ग्रह अनुकुल हुन्छ।
ॐ एं ह्रीं श्री सूर्य नारायणाय नम;
यो भगवान सूर्यको अति उत्कृष्ट मन्त्र हो यसको जप मधुरता पूर्वक गर्नुपर्छ। सूर्य हाम्रो ग्रहमण्डलको अधिष्ठता हो। सूर्य ठिक छ भने अरु ग्रह जस्तो पनि होस् चाहे उच्च होस् चाहे नीच होस् सब ठिक्कै रहन्छन्। यदी राजा ठिक छ भने निकम्मा मन्त्री अधिकारी पुलिस इत्यादि सबै कायदामा रहन्छन्। राज भय आवश्यक छ। राज तत्व श्री क्रोधराज भैरवमा रग–रगमा भरिएको हुन्छ। यसैकारणले त महादेव समस्त रूद्राणियाँ उनको सामुन्ने जी हजुरी गर्छन। उनको आज्ञाको उल्लंघन गर्दैनन्।
यौटा कुरा तपाईंलाई भन्छु
भर्खरै यौटा वैज्ञानिक रिसर्च भएको छ, चिकित्साको क्षेत्रमा वैज्ञानिकहरूले पाए कि विटामिन डी–३ एंवम विटामिन वी–१२ जुन सिर्फ सूर्यको किरणबाट मात्रै पाइन्छ।
ठूला ठूला स्वस्थ्य खेलाडी, ठूला ठूला अधिकारी, राष्टध्यक्षहरू, अभिनेत्रिहरू, ठूला ठूला आध्यात्मिक व्यक्तीहरू, जसको कारण समस्त विस्वमा मानसिक विक्षिप्तता, नपुंसक्ता, आत्महत्याको प्रवृति जीवन जिउने इच्छामा भारी कमी, अकारण भयमा रहने, घोर असुरक्षाको भय, चिडचिडापन, कुनै बिमारी नहुदा पनि बिमारीको भान हुनु, प्रेममा असफलता, ब्लडप्रेसर, डायविटिज, क्यान्सर, हार्ट अट्याक, नशाको लत, हिंस्रक व्यवहार इत्यादि तीन हजार ६ सय प्रकारको मानसिक एंवम शारीरिक र आन्तरिक रोग पछाडि विटामिन डी–३ र विटामिन वी–१२ को कमी नै प्रमुख कारण हो। यस्तो कसरी भयो? सिधा कुरा छ मानिसहरू जुन पृथ्वीमा रहन्छन् र यो पृथ्वीको गति मति र बुद्धिको एकमात्र अधिष्ठता भगवान सूर्यलाई अर्घ्य दिने क्रीया उपसना इत्यादि छोडेको कारणले विटामिन डी–३ र विटामिन वी–१२ को कमी भयो, अतः प्रत्येक चिकित्सकहरू ख़ुद आफ्नै पनि पहिले विटामीन डी–३ र विटामिन वी–१२ को जाँच पहिल्यै नै गराउछन्।
यसै कारणले सूर्य भगवानको मंत्र जप्नुस्
सूर्य नमस्कार गर्नुस् अर्घ्य दिनुस र स्वस्थ्य रहनुस्।
अनिष्ट सूर्यको प्रभाव
सूर्य कुण्डलीको १२, भावका कहाँस्थित छ, कुन ग्रहसंग युति गरेको छ त्यस अनुसार त्यसको अनिष्ट देखिन्छ जसको प्रकाश पार्न यहाँ सम्भव छैन, सामान्यतया सूर्य अनिष्ट हुदा शीर रोग, पिता–पुत्रको सम्बन्ध प्रतिकुल हुने, श्रीमान श्रीमतीको सम्बन्धमा मधुरता नहुने, सन्तान सुखमा बाधा, राज्य सुखमा कमी, पद प्राप्तिमा बाधा, राज्यबाट दण्ड, आदी योग हुन्छ।
अनिष्ट सूर्यको उपचार
१. सूर्यलाई जल जढाउनु
२. रातोमाला अथवा रुद्राक्षमाला, सूर्य यन्त्र र रातो कपडा लिने र रातोमाला अथवा रुद्राक्षमालाले सूर्यको मन्त्र आइतबार ७ हजार जप गराएर बिहान ११ बजे नदिमा माला यन्त्र रातो कपडामा पोको पारेर विसर्जन गर्ने र फर्केर नहेर्ने।
३. वेलको जरा आइतबार शुभ नक्षत्रमा प्राण प्रतिष्ठासहित धारण गर्ने।
४. आदित्यश्त्रोत्र पाठ गर्ने
५. सूर्य कवच पाठ गर्ने
६. सूर्य सहस्रनामा पाठ गर्ने
७. सूर्य अष्टोत्तर नामावली पाठ गर्ने
८. गायत्री मन्त्र जप गर्ने
९. माणिक रत्न धारण गर्नु
१०. घरबाट बाहिर निस्कदा पानी पिउने
माथि उल्लेखित उपायहरूमा केही यस्ता उपायहरू पनि छन् जो कि जानकार ज्योतिषको सल्लाहमा मात्रै गर्न सकिन्छ अतः सूर्यको अनिष्ट कस्तो प्रकारको छ स्थायी अनिष्ट छ की अस्थाइ त्यो अनुरूप उपाय गर्नकै लागि जानकार ज्योतिषसंग परामर्श लिएर गर्न सुझाव दिन्छु।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया