मङ्गलबार, १२ अगस्ट २०२५

मनाङेले भने— एन्फा कास्कीका अध्यक्ष ठूलो डन रहेछ

News Image
• • •

प्रहरी हिरासतमा रहेका गण्डकी प्रदेश सांसद राजिव गुरुङ ‘दिपक मनाङे’ले अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ गरेको सुनेपछि खुसी लागेको बताएका छन्।

जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि दुई दिन हिरासतमै राख्न म्याद थप गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्। ‘त्यही ठगीको विरुद्ध मैले झापड हानेको हुँ। अहिले मिलनलाई पनि पक्राउ गरेको सुनेपछि खुसी लागेको छ,’ उनले भने। 

मनाङेले माघ ७ गते पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह हुनुअघि अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए। एन्फा अध्यक्ष गुरुङले दिएको सार्वजनिक अपराध ऐन अन्तर्गतको जाहेरीमा उनी अहिले प्रहरी हिरासतमा छन्।

‘१० वर्ष भएछ यसले पोखरामा एकलौटी ठग्दै बसेको, कसैले केही मुद्दा हाल्न नसक्ने यसलाई’, मनाङेले भने, यति ठूलो डन रहेछ यो, खतरनाक नै रहेछ।’

मनाङेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ शुक्रबार पक्राउ परेका हुन्। गुरुङलाई प्रहरीले ठगी र बैंकिङ कसूरको जाहेरीको आधारमा आज पक्राउ गरेको थियो।

‘जुन चिजलाई मैले भिडेथें, त्यो केस सक्सेस भयो, त्यो ठगलाई बल्ल समात्न थाल्यो’, उनले भने, ‘अब यो ठगको मुद्दा आउँदैछ।’
 

शनिबार, माघ ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)