
बिएल संवाददाता
युवालक्षित कार्यक्रमहरुको स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्न राष्ट्रिय युवा परिषद्ले नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्य गर्ने भएको छ।
शुक्रबार काठमाडौंमा परिषद् र महासंघबीच द्धिपक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको हो। सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमहरुको स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, स्थानीय सरकारले तय गरेको युवालक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन र सम्पादन गरेका नवप्रवर्तनात्मक कार्यहरुलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा योगदान पु¥याउ हात्तेमालो गर्ने सहमति दुईपक्षबीच भएको छ।
त्यस्तै युथ भिजन २०२५ मा उल्लेखित युवा विकासका लागि पाँच आधार स्तम्भहरुः गुणस्तरीय तथा व्यवसायिक शिक्षा, रोजगारी उद्यमशिलता सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरन्जनको कार्यान्वयनका लागि सहयोग पुराउने बताइएको छ।
सम्झौता कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवालाई उद्यमशिलतासँग जोडेर आत्मनिर्भर तथा स्वरोजगार बनाउने अभियान अन्तर्गत स्थानीय तहसँग सहकार्य हुने बतए।
समझदारी पत्रमा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेल , नेपाल नगरपालिका महासंघका अध्यक्ष अशोक श्रेष्ठ तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले हस्ताक्षर गरेको थियो।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया