अनामनगरका गल्लीमा हेमन्तका १६ वर्ष

प्रदिप अधिकारी

काठमाडाै‌ं

गायक हेमन्त कान्छा रसाइलीको सारंगीमार्फत गीतका धुन पस्किन्छन् । भाका हाल्छन्, त्यसमै पीडा पोख्छन् । अनि सारंगीमार्फत नै खुशी पनि व्यक्त गर्छन् । उनलाई गायकमात्र भनेर सम्बोधन गरियो भने त्यो अन्याय हुनेछ । उनको परिचय सारंगीवादक हो । अहिलेको उचाईमा पुग्न उनलाई स्वरसँगै सारंगीले पनि ठूलो साथ दिएको छ ।

अनामनगरका गल्लीमा १६ वर्ष

अनामनगरको साइनो कलाकारितासँग जोडिएको छ । अहिले चलेका धेरै कलाकारहरूको संघर्ष पहिला अनामनगरका गल्लीबाट हुन्छ । र अहिले पनि अनामनगरकै गल्लीबाट धेरैले कलाकारिता क्षेत्रमा भविष्य देखिरहेका छन् । यो प्रक्रिया लामै समयसम्म चल्छ । अनामनगर र कलाकारिता एक अर्काका पर्यायजस्तो नै छ । किनकि अनामनगरमा सबथोक छ । अभिनय सिकाउने ठाउँ छ । सिकेको अभिनय देखाउने ठाउँ छ । गीत रेकर्ड गर्ने ठाउँ छ । डान्स सिकाउने ठाउँ पनि छ । निर्माता पनि त्यही भेटिन्छन्, गायक र कलाकार पनि भेटिन्छन् । अझ सामान्य भाषामा भन्ने हो भने अनामनगरका प्राय: घरमा गीत रेकर्डिङ स्टुडियो छ ।

हेमन्त कान्छा रसाइलीले पनि अनामनगरका गल्लीमा १६ वर्ष बिताएका छन् । यसको अवधि अझै लम्बिनेवाला छ । किनकि उनको उमेर बढिरहेको छ र जोशजाँगर पनि ।
 

प्रकाशित मिति: : 2020-01-26 06:51:15

प्रतिकृया दिनुहोस्