मङ्गलबार, १९ अगस्ट २०२५

टोटनहृयामका इरिक्सन इन्टर मिलानमा अनुबन्धित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

इंग्लिस कल्ब टोटनहृयामका मिडफिल्डर क्रिष्टियन इरिक्सन इन्टर मिलानमा अनुबन्धित भएका छन्।

२० मिलियन युरोमा इटली पुगेका २७ वर्षका डेनमार्कका इरिक्सनले ३० जुन २०२४ सम्म सम्झौता गरेका छन्।

इंग्लिस क्लबसँग उनको सम्झौता यो सिजनको अन्त्यसम्म थियो।

तर उनले नयाँ चुनौती सामना गर्न चाहेको प्रस्ताव क्लबमा राखेका थिए।

एरिक्सनले यस सिजन टोटेनहमका लागि २८ खेल खेलेका थिए।

एरिक्सनले टोटेनहममा साढे ६ वर्ष रहदा ३ सय ४ खेलमा ६९ गोल गरेका छन्।

इन्टर मिलान आवद्ध भएपछि इरिक्सनले आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

इन्टर मिलान इटालियन सिरी ए को दोस्रो स्थानमा छ र लिग लिडर युभेन्टसभन्दा तीन अंकले पछाडि छ।

बुधबार, माघ १५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)