नेकपाका वरिष्ठ नेता नेपाल र अमेरिकी राजदूत बेरीबीच भेट

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग र अमेरिकी राजदूत रेन्डी बेरीले भेट गरेका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई भेट्न राजदूत बेरी बिहीबार उनकै निवास पुगेका हुन् । 

भेटमा दुई देशको आपसी हितबारे कुराकानी भएको बताइएको छ । एमसीसी सहयोग प्राप्त गर्ने गरी भएको सम्झौतालाई लिएर नेकपाभित्र विवाद छ। यही विवादका कारण मन्त्रिपरिषदले पारित गरिसकेको एमसीसी कम्प्याक्ट संसदमा पेश हुन सकेको छैन। याे भेट पनि याेसँगै सम्बन्धित रहेकाे स्राेतले बताएकाे छ।

एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमामा गत आइतबार तीन सदस्यीय अध्ययन कार्यदल गठन गरिएको थियो। कार्यदलमा सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली रहेका छन्।

त्यसको भोलिपल्टै अर्थात सोमबार संयोजक खनालसहित सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली बसेको बैठकले १० दिनभित्र यससम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो।

याे पनि

पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा एमसीसी अध्ययन कार्यदलको पहिलो बैठक बस्याे

नेकपा केन्द्रीय कमिटी बैठक: एमसीसीमा मध्यमार्ग, निर्वाचन प्रणाली बारे नयाँ बहस

एमसीसी : नेकपाभित्र फेरि ब्युँतिदै महाकाली सन्धिको भूत

प्रकाशित मिति: : 2020-02-07 05:02:27

प्रतिकृया दिनुहोस्