आइतबार, १७ अगस्ट २०२५

ताल जमेको गोक्योमा आउँदो साता आइस हकी र आइस स्केटिङ हुने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपालमा पहिलो पल्ट सगरमाथाको उचाईमा रहेको गोक्यो तालमा आइस हकी र आइस स्केटिङ प्रतियोगिताको फेब्रुअरी १४ मा आयोजना हुने भएको छ। 

नेपालले हाल मनाइरहेको भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा विदेशी पर्यटकलाई हिमाली क्षेत्रमा लोभ्याउने अभियानअन्तर्गत गोक्यो तालमा मैत्रीपूर्ण आइस हकी र स्केटिङ आयोजना हुन लागेको हो। 

गोक्यो ताल सोलुखुम्बु जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाईमा पर्दछ। प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुन लागेको हो। सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो तालमा अहिले पानी जमेको अवस्था छ। 

त्यसैले प्रतियोगिता आयोजनाका लागि यो महिना उपयुक्त भएको विशेषज्ञले बताएका थिए। ‘अमेरिकी विशेषज्ञले तीन सातासम्म स्थलगत अध्ययन गरि यो क्षेत्र खेलका लागि उपयुक्त भएको निश्कर्ष निकालेपछि हामीले तयारी गरेका हौं,’ भ्रमण वर्षका सिइओ सुरज बैधले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

गोक्यो क्षेत्रमा ६ वटा मुख्य ताल छन्। सन् २००७ देखि गोक्यो ताल रहेको ७ हजार ७ सय ७० (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको थियो। 

प्रतियोगितामा ट्रेकिङ एजेन्सी र एशोसियन अफ नेपाल (टान) ले सहयोग गरेको छ। नेपाली खेलाडीले नियमित अभ्यास गर्न सकुन भनेर अमेरिकास्थित ग्राफ स्केट्चले ३१ वटा जुत्ता सहयोग गरेको दावा स्टेफन शेर्पाले जानकारी दिए। अमेरिकी स्क्रिन प्रिन्टिङ एन्ड कस्टम अप्पेरियलले हकीको  लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ।  
 

शुक्रबार, माघ २४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)