ट्युनिसियाका राष्ट्रपति अफ्रिकी युनियनको सम्मेलनमा सहभागी नहुने

एजेन्सी

काठमाडाैं

ट्युनिसियाका राष्ट्रपति काइस सइद अफ्रिकी युनियनको सम्मेलनमा सहभागी नहुने भएका छन्।  इथियोपियाको राजधानी अडिस अबाबामा हुन लागेको सम्मेलनमा उनले सहभागिता नजनाउने भएका हुन्।

स्वास्थ्य समस्याका कारण उनी सम्मेलनमा सहभागी हुन जान नसक्ने भएको ट्युनिसियाको राष्ट्रपतिको कार्यालयले शुक्रबार जानकारी दिएको छ।  आसन्न सम्मेलनमा सहभागी नहुनका लागि चिकित्सकहरुले सुझाव दिएको राष्ट्रपति कार्यालयका अधिकारीहरुको भनाइ छ।

कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘चिकित्सकहरुको सुझाव अनुसार उहाँले शुक्रबारदेखि कम्तीमा चार दिन आराम गर्नुपर्ने भएको छ।’ अफ्रिकी देशहरुको साझा संस्था मानिने अफ्रिकी युनियनको ३३औँ सम्मेलन यही फेब्रुअरी ९ र १० गते हुने तय भएको छ।  
 

प्रकाशित मिति: : 2020-02-08 10:55:09

प्रतिकृया दिनुहोस्