मल्लकाे कप्तानी इनिङमा नेपालले दियाे ओमानलाई २ सय ५० रनको विशाल लक्ष्य

दीप सुवेदी

काठमाडाैं

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले पाहुना टोली ओमान सामू २ सय ५० रनको विशाल लक्ष्य प्रशतूत गरेको छ। 

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको हो। नेपालका लागि ज्ञानेन्द्र मल्ले कप्तानी इनिङ खेले।

ओपनिङमा आएका मल्लले ७६ बलमा ६ चौकासहित ५६ रन बनाए। अकिब इलियासले २८ औं ओभरको फ्याँकेको पहिलो बललाई प्रहार गर्ने क्रममा उनी मोहम्मद नदिमको हातबाट क्याच आउट भए। 

ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ र दोस्रो विकेटका लागि पारस खड्कासँग ५९ रनको साझेदारी गरेका थिए।

आउट हुनुपूर्व उनले कीर्तिमानी अर्धशतक बनाए। एकदिवसीय खेलमा दोस्रो अर्धशतक प्रहार गर्ने मल्ल पहिलो खेलाडी बनेका हुन्। पहिलो र दोस्रो खेलमा खराब प्रदर्शन गरेका कप्तान मल्लले आज उत्कृष्ट प्रदर्शन गर्दै ७० बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए। उनले अर्धशतक बनाउन २५ औं ओभरको चौथो बलमा चौका प्रहार गर्दे ५३ रन बनाएका थिए। 

यसअघि उनले सन् २०१८ मा एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्डविरुद्दको पहिलो खेलमा अर्धशतक प्रहार गरेका थिए। नेपालले मान्यता पाएपछि अगस्ट १ र ३ मा नेदरल्यान्डसँग एकदिवसीय खेल खेलेको थियो। उनले उक्त खेलमा ५१ रन बनाएका थिए।

यसअघि पूर्वकप्तान पारस खड्काले नेदरल्यान्डविरुद्दको दोस्रो खेलमा अर्धशतक पुरा गरेका थिए। उनले ६९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका थिए। पारसलाई सिलारको बलमा स्नेटरले क्याच आउट गराएका थिए।

यता पूर्व कप्तान पारस खड्काले ३८ रन बनाए। नेपालले पहिलो विकेट गुमाउँदा मैदान प्रबेश गरेका उनले ओपनर मल्लसँग ५९ रनको साझेदारी पारी खेले। उनी २३ औं ओभरको दोस्रो बलमा मोहम्मद नदिमको बलमा आउट भएका थिए। उनले आउट हुनुपूर्व ५ चौका र १ छक्का प्रहार गरेका थिए। खड्का आउट भएपछि नेपालले खेलमा दबाव झेलेको थियो।  

यस्तो अवस्थामा उपकप्तान दीपेन्द्रसिंह ऐरी आएका थिए। तर उनी २३ औं ओभरको तेस्रो बलमा शून्य रनमा आउट भए। उनी मोहम्मद नादेमको बलमा फाइन लेग क्षेत्रमा बिलाल खानको हातबाट क्याच आउट भए।  

२३ औं ओभरको चौथो बलमा क्रिजमा आएका कुशल मल्लले नेपालको पारी धाने। उनले २४ बलको सामना गर्दै दुई चौका र दुई छक्का प्रहार गर्दै २८ रन बनाए। उनको विकेट अकिब ईल्यासले ३४ औं ओभरको दोस्रो बलमा खावर अलीको हातबाट क्याच आउट गराए।

यता सिरिजमा उत्कृष्ठ खेल प्रदर्शन गरिरहेका विनोद भण्डारीले ३५ रन बनाए। उनले ५ चौका प्रहार गर्दै ३५ रन बनाएका हुन्। सुवास खकुरेलले १ चौकाको मद्दतमा २२ रनको योगदान दिए। उनी १५ औं ओभरको पहिलो बलमा ओमानका मोहम्मद नादेमले आउट पवेलियन फर्काए। उनले पहिलो विकेटका लागि ज्ञानेन्द्रसँग ४८ रनको साझेदारी गरेका थिए।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले १०/१० रनकाे याेगदान दिँदा डेब्यु खेल खेलेका करणसिंह ऐरी ९ रनमा नट आउट रहे।

ओमानका लागि अकिब ईल्यासले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३६ रन खर्चिए। यता मोहम्द नावेदले ३ विकेट लिए। उनले ८ ओभर बलिङ गर्दै १ मेडन राखेर ४४ रन दिए। 

यस्तै बिलाल खान,कलिमुल्लाह,कप्तान जिसस मक्सुद र खवार अलि र सनुथ ईब्राहिमले भने विकेट लिन सकेनन्।
 

प्रकाशित मिति: : 2020-02-10 01:45:14

प्रतिकृया दिनुहोस्