आइतबार, ०३ अगस्ट २०२५

शिवरात्रिमा उर्लाबारीमा डम्बर र निसानले तताउने

बिएल संवाददाता

बिएल संवाददाता

उर्लाबारी
News Image
• • •

मोरङको उर्लाबारीमा महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहत साँगीतिक साँझ’  आयोजना गरिने भएको छ।

यु युथ्स अफ उर्लाबारीको आयोजनामा होटेल सिंघिम परिसरमा हुने उक्त साँगीतिक कार्यक्रममा चर्चित गायक डम्बर नेपाली र निशान भट्टराईको आकर्षक प्रस्तुति रहने कार्यक्रम संयोजक तथा सञ्चारकर्मी किशोर श्रेष्ठले बताए।

‘उर्लाबारीलाई सांगीतिक उर्भरभूमीको रुपमा देश विदेशमै चिनाउन सफल डम्बर र निशानलाई विशेष सम्मान गरिने भएको छ,’ उनले भने, यो सम्मानले उहाँहरुको साँगीतिक उचाईमा थप टेवा पुग्ने हामीले विश्वास लिएका छौ ।’

संस्थाले हरेक वर्ष यस्ता गहनालाई खोजी खोजी सम्मान सचिव सुरेन्द्र शर्माले जानकारी दिए। संस्थाले हरेक बर्ष शिवरात्रिकै दिन साँगीतिक कार्यक्रम गर्दै गएको छ ।

उनले भने, ‘कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको छ। कार्यक्रमको मनोरञ्जन लिन साँगीतिक पारखीहरु आतुर छन् । चर्चित रेडियो जक्की मन नेम्बाङको सन्चालनमा हुने कार्यक्रमको प्रमुख आतिथ्यता उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको रहने अध्यक्ष प्रेमराज शर्माले बताए। हरेक बर्ष साँगीतिक कार्यक्रमको आयोजना गर्ने यस संस्थाको कार्यक्रम स्तरीय रहदै आएको छ ।

सोमबार, फाल्गुण ०५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)