बिएल संवाददाता
पोखरामा आज सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन निर्धारित दूरी दुई घण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरी उहाँ च्याम्पियन बनेर उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त गरे ।
१३औँ सागमा स्वर्ण विजेता सशस्त्र प्रहरीका किरण बोगटीले दोस्रो स्थानमा चित्त बुझाए । दुई घण्टा २८ मिनेट ८ सेकेण्ड समयमा निर्धारित दूरी पार गरी द्वितीय बनेका उनले रु एक लाख पुरस्कार प्राप्त गरे ।
गण्डकी प्रदेशका अनिष थापामगरले दुई घण्टा २९ मिनेट तथा सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीले दुई घण्टा ४१ मिनेटमा दौड पूरा गरी क्रमशः तेस्रो र सान्त्वना स्थान हासिल गरी रु ७५ र रु १५ हजार पुरस्कार पाउनुभयो ।
उपाधि विजेता ताकानाशीले जापानको कोमागाने शहरबाट पहिलो पटक पोखरामा सहभागी भएर म्याराथनको उपाधि जित्दा खुशी भएको बताए । पोखरा शहर र कोमागानेबीच मितेरी सम्बन्ध गाँसिएपछि दुवै शहरबीचको सम्बन्ध प्रगाढ बनेको चर्चा गर्दै उनले आगामी दिनमा समेत आफूलगायतका धावकहरु म्याराथनमा सहभागी बन्ने जानकारी दिए ।
त्यसैगरी १० किमी महिला पुरुष दौडमा पूर्णबहादुर कार्की प्रथम, याङ्गदेव राई द्वितीय र आशिष कुँवरले तेस्रो स्थान हासिल गरी क्रमशः रु १५ हजार १० र पाँच हजार पुरस्कार प्राप्त गरे । महिलातर्फ इन्द्रकला प्रथम, अनिता राई द्वितीय र विदेशी खेलाडी वेन्डी तृतीय भई क्रमशः रु १५ हजार १० र पाँच हजार पुरस्कार प्राप्त गरे ।
पाँच किमी पुरुष तथा महिला दौडमा पुरुषतर्फ विनोद गुरुङ, विवेक परियार र प्रदीप भुजेल तेस्रो हुनुभयो भने महिलातर्फ विनु विक प्रथम, प्रतिक्षा सुवेदी द्वितीय र मधुरीदेवी कुर्मीले तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः रु १०, सात र चार हजार पुरस्कार प्राप्त गरे। दृष्टिविहीन पुरुषतर्फको दौडमा प्रमोद दाहाल, आशिक ख्वाउजी र प्रेम क्षेत्री क्रमशः प्रथम, द्वितीय र तृतीय बन्नुभयो भने महिलातर्फ विनिता पुन, सिर्जना परियार र सुकमाया विक क्रमशः प्रथम, द्वितीय र तृतीय बन्न सफल भए ।
ह्वीलचियर दौड पुरुषतर्फ सुरेश गौली, भरत अधिकारी तथा महिलातर्फ पुनम विक, धना मगर र लक्ष्मी सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय बने । दृष्टिविहीन तथा ह्वीलचियर दौडमा विजेतालाई क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार प्राप्त गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्री, प्रदेशसभा सदस्यलगायतले दौडमा सहभागिता जनाएका थिए । म्याराथनमा १२० धावकले सहभागिता जनाएको तथा दौडमा सात हजार हाराहारीमा सहभागिता रहको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया