संजोग आचार्य
बालवालिकाको शिक्षा, स्वास्थ्य र वृत्ति विकासको क्षेत्रमा काम गर्ने अमेरिकी अन्तर्राष्ट्रिय सामाजिक संस्था किवनिस इन्टरनेशनलले नेपाल भ्रमण वर्ष– २०२० को अवसरमा गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलन कोरोना भाइरसको कारण प्रभावित हुने भएको छ।
अमेरिकाको इन्डियानापोलिसमा प्रधान कार्यालय रहेको किवनिसको यही अगामी मार्च ५ देखि ७ तारिखमा काठमाडौंमा ४५ औं किवनिस एशिया प्यासिफिक कन्भेन्सन हुन लागेको हो। विश्वभर ८० देशमा ६ लाख स्वयंसेवक रहेको किवनिसको उक्त सम्मेलनमा करिब एक हजार विदेशीले सहभागिता जनाउने निश्चित भइसकेको थियो । तर, कोरोनाको कारण होटल बुकिङ गरिसकेकाले पनि धमाधम बुकिङ रद्ध गर्न थालेको जानकारी बिएल नेपाली सेवालाई प्राप्त भएको छ ।
नेपाल भ्रमण वर्ष–२०२० को लागि कोशेढुङ्गा सावित हुने यो सम्मेलनमा सहभागिता निश्चित भएका ३ सय ५० ताइवानी डेलिगेट्स र ५० जापानी सहभागीले बुकिङ रद्ध गरेका छन्। सन् २०२०/२१ किवनिसका निर्वाचित गर्भनर मोहन लम्सालले पनि सहभागीले बुकिङ रद्ध हुने भएको स्वीकारेका छन् ।
नेपाल कोरोना भाइरस फ्रि देश भएकाकाे सन्देश फैलाउन पनि अब सम्मेलन भने गरेरै छोड्ने दावी गर्दै लम्सालले भने, ‘हामीले दश जना भए पनि सम्मेलन गर्नैपर्छ।’ चाइना साउथर्न भएर नेपाल आउनुपर्ने भएकोले केही देशका डेलिगेट्सले अन्तिम समयमा सहभागिता जनाउन नसक्ने सन्देश पठाएको लम्सालले बताए ।
सम्मलेनमा एक हजारभन्दा बढीको सहभागिता अपेक्षा गरिएपनि त्यो अनुसारको भब्य कार्यक्रम भने नहुने निश्चित भएको छ। अमेरिकाबाट ६० र अष्ट्रेलियाबाट एक सय जनालगायत अरु केही देशका डेलिगेट्सले हामी सहभागी हुन्छौ भनेकाले केही आशा भने जीवितै रहेको लम्सालले बताए।
अन्तर्राष्ट्रिय लाइन्स क्लब भन्दा पुरानो मानिएको यो संस्था १९१५ जनवरी २१ तरिखमा अमेरिकाको मिचिगन राज्यमा गठन भएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया