बिएल संवाददाता
नर्वेका १९ वर्षीय एर्भिन बट हालान्ड प्रेरित बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ।
मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डर्टमण्डले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो। उक्त खेलमा हालान्डले दुई गोल गरे।
हालान्डले खेलको ६९ र ७७ औँ मिनेटमा गोल गरेका थिए। योसँगै गत जनवरीमा डर्टमण्ड आएका हालान्डले ७ खेलमा ११ गोल गरिसकेका छन्। ७ च्याम्पियन्स लिग खेलमा १० गोल गरिसकेका छन्। पीएसजीविरुद्ध २ गोल गरेपछि उनी च्याम्पियन्स लिगमा सबैभन्दा छिटो १० गोल पूरा गर्ने खेलाडी बने।
उनले च्याम्पियन्स लिग इतिहासमै १० गोल पूरा गर्न अन्य खेलाडी भन्दा ४ खेल कम खेले। र एकै सिजन गोलको ‘डबल फिगर’ पूरा गर्ने एक्लो टिनएजर समेत बने। जर्मन क्लब जानुअघि उनले च्याम्पियन्स लिगकै समूह चरणमा साल्जवर्गका लागि ८ गोल गरिसकेका थिए। हालान्डले डर्टमण्ड आउनुअघि यसै सिजन साल्जवर्गका लागि १४ खेलमै २८ गोल गरिसकेका थिए।
यही जनवरीमा डर्टमण्डमा आबद्ध भएयता उनले ४५० मिनेट खेल्दै ११ गोल गरेका छन् र औसतमा ४१ मिनेटमा १ गोल पर्न आउँछ।
हालान्डले यस सिजन जर्मनीकै अर्को क्लब वायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की समान सर्वाधिक १० गोल गरेका छन्।
यस सिजन बुण्डेसलिगमा ११ खेलाडीले मात्र हालान्ड भन्दा बढी गोल गरेका छन्। तर हालान्डले जम्म ५ खेल मात्र खेलेका छन्।
किलिएन एमबाप्पे जो खेलमा हालान्डको विपक्षी थिए उनले समेत यो उपलब्धि हासिल गर्न सकेनन्। क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीले समेत यो गर्न सकेका थिएनन्।
उनले यस सिजन बार्सिलोना टिमले गरेको भन्दा बढी गोल गरिसकेका छन्। र उनी डर्टमण्डको इतिहासमा तीन फरक प्रतियोगिताको पहिलो खेलमै गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्। उनले जर्मन लिग बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा डर्टमण्डका लागि पहिलो खेलमै गोल गरे।
उनले महिनाभर एक घण्टाभन्दा कम समय खेलेर पनि जनवरीमा बुण्डेसलिगा प्लेअर अफ दि मन्थको अवार्डसमेत जिते।
डर्टमण्ड आउनुअघि उनी इंग्ल्याण्डकै म्यानचेष्टर युनाइटेड र इटलीको युभेन्ट्स जाने हल्लासमेत चलेको थियो। तर जर्मन क्लब डर्टमण्डल उनलाई २० मिलियन युरोमा अष्ट्रियन क्लब रेड बुल साल्जवर्गबाट अनुबन्ध गर्न सफल भयो।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया