बिएल संवाददाता
साविक विजेता एपीएफ क्लब चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पर्वतको बेनीमा बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो।
आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–२१ ले गुमाएको थियो। तर, दोस्रो सेट २५–१७ ले जित्दै एपीएफ खेलमा फर्कियो। तेस्रो सेटमा आर्मीले २५–१९ ले आफ्नो बनायो।
त्यसपछिका चौंथो सेटमा २५–९ को जित निकालेको एपीएफले अन्तिम सेट १५–९ ले जित्दै एपीएफले रोमान्चक जित निकाल्यो।
जितसँगै एपीएफ समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। एपीएफले ३ अंक जोड्यो।
पराजित आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
अब एपीएफले समूह बी को विजेता र आर्मीले उपविजेतासँग खेल्नेछ। समूह बी मा न्यु डाईमण्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र आयोजक रेडियो दिदीबहिनी रहेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया