बिएल संवाददाता
साविक विजेता एपीएफ क्लब चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पर्वतको बेनीमा बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो।
आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–२१ ले गुमाएको थियो। तर, दोस्रो सेट २५–१७ ले जित्दै एपीएफ खेलमा फर्कियो। तेस्रो सेटमा आर्मीले २५–१९ ले आफ्नो बनायो।
त्यसपछिका चौंथो सेटमा २५–९ को जित निकालेको एपीएफले अन्तिम सेट १५–९ ले जित्दै एपीएफले रोमान्चक जित निकाल्यो।
जितसँगै एपीएफ समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। एपीएफले ३ अंक जोड्यो।
पराजित आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
अब एपीएफले समूह बी को विजेता र आर्मीले उपविजेतासँग खेल्नेछ। समूह बी मा न्यु डाईमण्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र आयोजक रेडियो दिदीबहिनी रहेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया