रग्वी खेलाडीले श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का

बिएल संवाददाता

काठमाडाै‌ं

अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ। 

उक्त हत्याकाण्डको अनुसन्धान जारी राखेको अष्ट्रेलियाली प्रहरीले हत्यामा तिनै पूर्व खेलाडीको संलग्नताको आशङ्काको नजिक पुगेको बताएको हो।

अष्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएअनुसार यहाँको प्रहरीले यो घटनालाई बडो डरलाग्दो हिंसा भनेका छन्। प्रहरीकाअनुसार यस्तो डरलाग्दो घटना यहाँको प्रहरीले पहिलो पटक अनुसन्धान गरिरहेको छ।

प्रहरी अधिकारीकाअनुसार ३१ वर्षीया हाना क्लार्कको ब्रिस्बेनको अस्पतालमा मृत्यु भएको थियो। उनका तीन जना छोराछोरीको ज्यान गएको केही समयपछि उनको मृत्यु भएको थियो।

उनका छोराछोरी तीन, चार र छ वर्षका मात्र थिए। ती छोराछोरीको निधनको केही घन्टापछि क्लार्कको पनि बुधबार ब्रिस्बेनको अस्पतालमा निधन भएको थियो। उनका पतिको पनि जलेर मृत्यु भएको छ। 

उनीहरु चढेको कारमा क्लार्कका ४२ वर्षीय पूर्व रग्वी खेलाडी एवं पति रोवान बाक्सटरले नै पेट्रोल खन्याएर आगो लगाएका थिए। कारमा लागेको आगोका कारण तीन छोराछोरीको ज्यान गइसकेको थियो। तर आधा जलेकी क्लार्क भने आफै अस्पताल पुगेकी थिइन्। तर सोही दिन उनको पनि ज्यान गयो। 

कारभित्रै रहेका रोवान पनि जलेको अवस्थामा सडक किनारमा देखिएका थिए, जहाँ उनको मृत्यु भएको थियो। 
   
क्लार्कको भनाई उद्धृत गर्दै ब्रिस्बेनको प्रहरीले सो कारमा ती पूर्व खेलाडीले आफैँ आगो लगाएको बताएको छ। त्यहाँ अरु कुनै प्रमाणहरु भेटिँदैनन् र कारमा आफैँ आगलागी भएको जस्तो पनि देखिँदैन– प्रहरीले भनेको छ। 

प्रहरीले उक्त कार पेट्रोल छर्केर आगो लगाइएकोजस्तो देखिएको बताएको छ। 

प्रकाशित मिति: : 2020-02-21 05:08:52

प्रतिकृया दिनुहोस्