बिना थिङ
दोङ्देमुनको सिनित्त परेको सडक । चिल्ला सवारी साधनहरु । आकाश भेटुँला जसरी उभिएका भवन । बाक्ला, काला र लामा पहिरनमा हिँडिरहेका मानिस । ती यसरी हिँडिरहेका थिए कि केही छुटिरहेछ जिन्दगीबाट, त्यसलाई भेट्टाउनु छ । कसैको प्रतीक्षामा म दोङ्देमुनको चौबाटोमा उभिन पुगेकी थिएँ ।
अपरिचित ठाउँ । बिलकुलै भिन्न परिवेश । चराचुरुङ्गीले बोले जस्तो लयदार भाषा । अलिकति असजिलो, तर अधिक रोमाञ्चकता । यही भावभङ्गिमामा म पुगेकी थिएँ, दक्षिण कोरिया । इतर आवाज साहित्यिक समाज दक्षिण कोरियाले आयोजना गरेको थियो, उधौली कविता २०२० र इतर कवितासङ्ग्रह विमोचन कार्यक्रम । त्यस कार्यक्रममा अतिथिको रुपमा आमन्त्रित थियौं राजन मुकारुङ, स्वप्निल स्मृति र म । २६ जनवरी २०२०को त्यस कार्यक्रममा हामी २४ जनवरीमै उडेका थियौं, काठमाडौंबाट । दक्षिण कोरियाको राजधानी सियोलमा २५ तारिखको अपराह्न इन्छान एयरपोर्टमा बडो अधीर अवस्थामा भेटिएका थिए, इतर आवाज साहित्यिक समाजका शीर्षबिन्दु पराजित पोमु । केन्द्रबिन्दु सुष्मा रानाहाँमा । शीरबिन्दु सुनिल दिप्त राई, खोम गुरुङ । एयरपोर्टमा पूरा गर्नुपर्ने कागजी औपचारिकताका कारण हामी निकैबेर रुमल्लियौं । त्यसैको कारण हुन पुगेका विलम्बले आयोजक साथीहरुलाई अधीर बनाएको थियो ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया