बिएल संवाददाता
श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले बोलाएको बैठकमा नजाने बताएका छन्।
रास्वपा सरकारले सबै पार्टीका प्रतिवद्धता पत्र समेटेर साझा प्रतिवद्धता पत्र बनाउने घोषणा गरेको छ। जसका लागि प्रधानमन्त्री बालेन्द्र शाहले आज सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि छलफलका लागि बोलाएको थियो।
सो बैठकलाई कोठे बैठक भन्दै साम्पाङले त्यस्तो बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने भन्दै प्रतिनिधिसभाको बैठक बोलाउन माग गरेका छन्।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीले सदन बोलाउन तिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण था भएन। हामी कोठे बैठकमा आउँदैनौँ। सदनको बैठक बोलाउनु परो। हप्ताको १ चोटि कम्तीमा राख्नु पर्छ बैठक। जनताको प्रश्नहरूदेखि भाग्न पाइँदैन। सबै प्रश्नका उत्तर दिनै पर्छ। जय लोकतन्त्र।’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया