आइतबार, ०३ अगस्ट २०२५

चलचित्र ‘धुलो’को ‘चार सय चालिसको बिजुली’ को आइटम गीत सार्वजनिक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

चलचित्र ‘धुलो’को आइटम गीत सार्वजनिक भएको छ। ‘चार सय चालिसको बिजुली’ बोलको गीत सार्वजनिक गरिएको हो। 

दुर्गा खरेलले स्वर दिएकी गीतमा केशव मिश्रले लेखेका हुन्। यस गीतलाई जुगल डंगोलले संगीत दिएका छन्।

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियोमा बुद्धि तामाङ,अग्रज केसी र दिपाशा विसी फिचर भएका छन्। 

राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मज्दुरको जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा तायर भएको यस चलचित्रलाई प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन्। 

फागुन १६ गतेबाट रिलिज हुने चलचित्रमा वुद्दि तामाङ, श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, सुदिप कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ, भने नीर शाह, सुशिल पोखरेल, लक्ष्मी वर्देवालगायतका कलाकारको विशेष भूमिका रहेको पाइन्छ।

दीपा धरेलको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा लक्ष्मी गौतम र नानीराम फुयाँलको लगानी रहेको छ। चलचित्रमा नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवालाई विशेष भूमिकामा देख्न सकिने छ।

आइतबार, फाल्गुण ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)