लोकान्तर
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा देखिएको कमिसन प्रकरणले केन्द्रीय राजनीति तताइरहेका बेला सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' राजधानी छोडेर लाखापाखा लागेका छन् ।
आइतवार बालुवाटारमा ६९औं जन्मदिन मनाएर ओली आफ्नो जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिका निस्केका छन् भने प्रचण्ड मिथिला परिक्रमा उद्घाटन गर्न जनकपुर पुगेका छन् ।
आइतवार बिहान प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बालुवाटार पुगेका थिए । बालुवाटारमा नेकपाका अन्य नेताहरू भने उपस्थित भएनन् ।
शनिवार बसेको नेकपा सचिवालय बैठकमा नेताहरूबीच कमिसन प्रकरणमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पार्टीले कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा सामान्य विवाद देखिएको थियो ।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया