बिएल संवाददाता
सार्वजनिक सेवा प्रशारण संस्था (पीएसबी)को स्याटेलाइट लिंक खरिदमा अनियमितता प्रकरणबारे छानबिनका लागि बनेको समितिले सोमबार अपराह्न नेपाल टेलिभिजनबाट दर्जन बढी फाइलहरू नियन्त्रणमा लिएको छ।
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर बनाइएको पीएसबीमा स्याटेलाइट लिंक खरिदका क्रममा ठूलो अनियममितता भएको आशंकापछि गठित छानबिन समितिले टेलिभिजन कार्यालयबाट करिब डेढ दर्जन फाइल नियन्त्रमा लिएको उच्च स्रोतले बतायो।
नेपाल टेलिभिजनले सन् २००५ देखि थाइल्याण्डको थाइकम पीसीएलसँग स्याटेलाइट खरिद गर्दै आएको छ। तर, पीएसबीका अध्यक्ष डा. महेन्द्र बिष्ट भएका बेला कम्पनीसँग फेरि किनिएका स्टाटेलाइट लिंकमा अनियमतिता भएको स्रोतको दाबी छ।
२०८१ सालमा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नियुक्त गरेका अध्यक्ष विष्ट रास्वपाको सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै पदमुक्त भएका थिए। नेपाल पत्रकार महासंघको पूर्वअध्यक्ष, नेपाल टेलिभिजनको अध्यक्ष, पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्वअध्यक्षसमेत भइसकेका विष्ट एमालेनिकट हुन्।
छानबिन समितिले उनै विष्टलाई स्याटेलाइट लिंक खरिदमा भएको अनियमिततामा मुख्य दोषी ठहर गर्दै कारबाहीको सिफारिससहित सूचना तथा सञ्चार मन्त्रालयमा प्रतिवेदन बुझाउन लागेको श्रोतले बतायो।
नेपाल टेलिभिजनको स्याटेलाइट लिंक लिने क्रममा अनियमितता भएको भन्दै छानबिन गर्नका लागि सूचना तथा सञ्चार मन्त्रालयले गत जेठ २२ गते इञ्जिनियर डा.आभाष मास्केको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो। समिति सदस्यमा उमेश रुपाखेती,टिकाराम कार्की र नविनकुमार मिश्र सदस्य थिए।
समितिलाई स्याटेलाइट सेवा खरिद र व्यवस्थापनसँग सम्बन्धित विगतका सम्झौता,सेवा विस्तार,प्रविधि रुपान्तरण तथा उपकरण खरिद प्रक्रियाको अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन बुझाउन २१ दिनको समयावधि दिइएको थियो।
समितिले बुझाउन लागेको प्रतिवेदन मन्त्रालयमा पेश हुने बित्तिकै कार्यान्वयन प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया