प्रधानमन्त्रीले केकमा काटेको देश जोड्न यी गायिकाले खर्चिइन् लाखौं रकम (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मोत्सव नेपालको नक्सा आकारको १५ किलोको केक काटेर मनाए । जसको आम नागरिकले चर्को आलोचना र बिरोध गरेका छन् ।

तर ठ्याक्कै यही समयमा अधिवक्ता तथा गायिका शितल पाण्डयेले लाखौ रकम खर्च गरेर नेपालको नक्सा काटेर टुक्राउने होइन् कालापानी र लिपुलेक सहितको नक्सा जोडेर राष्टिय गित बजारमा ल्याएकी छिन् ।

 प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सा आकारको केट काटिरहदाँ गायिका पाण्डेयले भने आफ्नो गित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष कसरी पुग्नसक्छ भनेर छलफल गरिरहेकी थिइन् । जब प्रधानमन्त्रीले ६९ औँ जन्मोत्सवका अवसरमा नेपालको नक्सा आकारको केक काटेर मनाएको फोटो भाइरल भयो त्यसपछि भने उनको मुटु छियाछिया भयो ।

 उनले फेसबुकमा स्टाटसको रुपमा कबिता लेख्दै यसरी दुःख व्यक्त गरेकी छिन् ।

म यता लाखौं खर्च गरेर देश जोड्ने कुरा गर्दै छु,

तिमी भने लाखौं खर्च गरेर देश तोड्ने कुरा गरेछौ !

तिमी र म मा यही फरक छ ।

मेरो सल्लाहकार कोही छैन,

तिमीलाई सल्लाह दिने कैंयन छन् !

तिमी र म यही फरक छ ।

मलाई देश जोड्ने कुरा कसैले सिकाएको होईन,

तिमीलाई भने देश तोड्ने कुरा कसैले सिकाएछन् !

तिमी र म मा यही फरक छ ।

बिश्वास थियो छ र हुनेछ कि,

म मा अगाध देश प्रेम छ,

तिमीमा पनि उस्तै देश प्रेम छ !!

हामीमा यही कुरा समान छ ।

तर

मैले मेरो मन र दिमाग प्रयोग गरेर,

देश जोड्ने कुरा गरेर गुमनाम भईरहेछु !

तर अफसोस !

तिमी अर्कैको मन, दिमाग र निर्देशनमा,

देश तोड्ने कुरा गरेर भाईरल भईरहेछौ !

तिमी र म मा यही फरक छ ।

म लाखौं लगानीमा गुमनाम छु,

तिमी लाखौँ लगानीमा भाईरल छौ !

तिमी र म मा यही कुरा फरक छ ।

म मेरो पेट काटेर देश जोड्दा गुमनाम छु,

तिमी देश काटेर खाँदा भाईरल छौ!

तिमी र म मा यही फरक छ ।

मैले देश जोड्ने कुरा गरेको कसैले देखेनन् ,

तिमीले देश तोड्ने कुरा गरेको सबैले देखेका छन् !

त्यसैले त

म गुमनाम छु,

तिमी भाईरल छौ !

बस समाजको दृष्टी र नियति पनि यस्तै छ,

मलाई देख्दैन तिमीलाई देख्छ !

कि त दृष्टी र नियति खराब हो !

की त म खराब हुँ !!

या त तिमी !!!

पाण्डे भन्छिन्, हामी नागरिकहरु देशको सिमा मिचियो,जोगाउने कसरी भनेर लाखौ खर्चिन्छौँ,रातदिन नसुतेर देश जोगाउने कसरी भन्छौँ तर प्रधानमन्त्री भने केकमा देश काटेर खाइदिन्छन्, सारै चित्त दुख्ने रहेछ ।

प्रकाशित मिति: : 2020-02-26 03:39:23

प्रतिकृया दिनुहोस्