११ बजेअघि कार्यकक्षमा भेटिँदैनन् कर्मचारी

सेवाग्राहीलाई सकस, सधैं आधा घन्टा मिटिङ

औषधिको नियमन गर्ने नेतृत्वदायी संस्था औषधि व्यवस्था विभाग जहिल्यै पनि कार्यालय समयकै सुरुवाती चरणमा ३० मिनेट बैठक बस्ने गर्छ । सेवाग्राहीको सहजताका लागि राजधानी दैनिकको टिम एक साता विभाग धाएको थियो । सरकारी कार्यालय खोल्ने समय बिहान १० देखि बेलुका पाँच बजेसम्म हो ।

तर, प्रायः १० देखि ११ बजे एक घन्टा सेवाग्राहीको काम हुँदैन । कारण त्यो समयमा महाशाखा प्रमुख महानिर्देशकको कार्यकक्षमा बैठक हुन्छ । महानिर्देशकको कार्यकक्ष बैठक भइरहेकाले एक घन्टापछि मात्र आउन सेवाग्राहीलाई त्यहाँ कार्यरत कर्मचारीले भन्ने गर्छन् । कहिलेकाही एक घन्टा ३० मिनेटभन्दा बढी बैठक लम्बिन्छ । बैठकमा विभागका महानिर्देशकदेखि महाशाखाका प्रमुखको सहभागिता हुन्छ ।

प्रकाशित मिति: : 2020-02-27 21:26:45

प्रतिकृया दिनुहोस्