एजेन्सी
क्यामरूनका राष्ट्रपति फ वियाको दलले यहाँको संसदमा पूर्ण बहुमत ल्याउन सफल भएको छ । क्यामरूजको संवैधानिक परिषद्ले शुक्रबार निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।
परिषद्ले राष्ट्रपति वियाको ‘पिपुल्स डेमोक्र्याटिक मुभमेन्ट’ (आरडीपीसी) ले सुविधाजनक बहुमत ल्याएको घोषणा गरेको छ ।
क्यामरूनको संसदमा कूल १८० सदस्यको प्रतिनिधित्व रहन्छ । ‘फेब्रुअरी ९ मा निर्वाचन सम्पन्न भएका कूल १६७ स्थानमा राष्ट्रपतिको दल आरडीपीसीले १३९ स्थानमा विजय हाँसिल गरेको छ,’ परिषद्का अध्यक्ष क्लेमेन्ट अतानागाले बताए । उक्त दिन देशको एङ्लोफोन क्षेत्रका १३ निर्वाचन क्षेत्रमा निर्वाचन हुन सकेको थिएन ।
उनले निर्वाचन सम्पन्न भएका स्थानको औसत मतदान प्रतिशत सन्तोषप्रद नै रहेको बताए । उक्त दिन ४६ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए । निर्वाचन स्थगित भएका निर्वाचन क्षेत्रमा छिट्टै अर्को मितिमा निर्वाचन गरिने बताइएको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया