एजेन्सी
क्यामरूनका राष्ट्रपति फ वियाको दलले यहाँको संसदमा पूर्ण बहुमत ल्याउन सफल भएको छ । क्यामरूजको संवैधानिक परिषद्ले शुक्रबार निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।
परिषद्ले राष्ट्रपति वियाको ‘पिपुल्स डेमोक्र्याटिक मुभमेन्ट’ (आरडीपीसी) ले सुविधाजनक बहुमत ल्याएको घोषणा गरेको छ ।
क्यामरूनको संसदमा कूल १८० सदस्यको प्रतिनिधित्व रहन्छ । ‘फेब्रुअरी ९ मा निर्वाचन सम्पन्न भएका कूल १६७ स्थानमा राष्ट्रपतिको दल आरडीपीसीले १३९ स्थानमा विजय हाँसिल गरेको छ,’ परिषद्का अध्यक्ष क्लेमेन्ट अतानागाले बताए । उक्त दिन देशको एङ्लोफोन क्षेत्रका १३ निर्वाचन क्षेत्रमा निर्वाचन हुन सकेको थिएन ।
उनले निर्वाचन सम्पन्न भएका स्थानको औसत मतदान प्रतिशत सन्तोषप्रद नै रहेको बताए । उक्त दिन ४६ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए । निर्वाचन स्थगित भएका निर्वाचन क्षेत्रमा छिट्टै अर्को मितिमा निर्वाचन गरिने बताइएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया