आइतबार, ०३ अगस्ट २०२५

काँग्रेसमा देउवाको चार वर्षे कमाण्ड : कति बिगारे, कति सपारे ?

रातोपाटी

रातोपाटी

काठमाडौं
News Image
• • •

लोकेन्द्र भट्ट

शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्व सम्हालेको यही फागुन २३ गते ४ वर्ष पूरा हुँदैछ । २०७२ फागुन २०–२३ मा काठमाडौँमा सम्पन्न १३ औँ महाधिवेशनबाट चार वर्षका लागि देउवा सभापतिमा निर्वाचित भएका थिए । उनको नियमित कार्यकाल यही फागुन १९ बाट सकिँदैछ । तर, देउवाले विधानको सुविधा उपयोग गर्दै ०७७ फागुन ७–१० गतेका लागि महाधिवेशनको मिति तोकेका छन् ।

यतिबेला काँग्रेस वृत्तमा देउवाको चार वर्षे कार्यकालको समीक्षा भइरहेको छ । ६० को दशक यताका सभापतिमध्ये देउवाको कार्यकाल सफल भएको संस्थापन पक्षको तर्क छ । तर संस्थापन इतर पक्षका नेताहरु भने त्यो मान्न तयार छैन । पार्टी सङ्गठनका लागि देउवाको नेतृत्व पूर्ण असफल सावित भएको उनीहरुको दाबी छ ।

आइतबार, फाल्गुण १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)