
एजेन्सी
ब्राजिलियन फुटबल सङ्घले नेयमारलाई ओलम्पिकमा कप्तानको रुपमा राष्ट्रिय टोलीमा फर्काउने भएको छ। ब्राजिलले नेयमारलाई ओलम्पिकमा खेलाउनका लागि पीएसजीसँग समन्वय गरेको बताइएको छ।
ओलम्पिकका लागि फ्रान्सका किलियन एम्बाप्पे पनि फर्कन इच्छुक देखिएपछि पीएसजीमा खेलाडीलाई जान दिने वा नदिनेबारे अन्योलान छ। एम्बाप्पे पनि विश्वकपपछि ओलम्पिक र युरोकप खेल्न टिममा फर्कने भएका छन्।
ओलम्पिकका लागि ब्राजिलले नेयमारसँगै रियलका रोड्रिगो र भिनिसियसलाई पनि टिममा बोलाएको बताइएको छ।
नेयमारको निर्णायक पेनल्टीमा सन् २०१६ मा ब्राजिलले ओलम्पिकको मेडल जित्न सफल भएको थियो।
नेयमार र एम्बाप्पे राष्ट्रिय टिमका लागि फर्किएमा उनीहरुले लिग वानको खेलहरु एक हप्ताका लागि गुमाउने देखिएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया