विश्व ब्याडमिन्टन वरीयताकाे शीर्ष दशमा प्रिन्स

बिएल संवाददाता

काठमाडाै‌ं

विश्व ब्याडमिन्टनको वरीयतामा पहिलो पटक नेपाली ब्याटिमिन्टनमा युवा स्टार प्रिन्स दाहालले शीर्ष दशमा स्थान बनाएका छन्।

ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) मंगलबार सार्वजनिक गरेको विश्व जुनियर वरीयतामा उनी दशौं स्थानमा पुगेका हुन्। यसअघि ११औं स्थानमा रहेका प्रिन्सले एक स्थान सुधार गरेका हुन्। 

नयाँ वरीयता अनुसार प्रिन्सको ९ हजार ८६० अंक छ। यसअघि दशौं स्थानमा रहेका भारतीय खेलाडी प्रियान्सु राजावत १९औं स्थानमा झरेको छन्। १६ वर्षीय प्रिन्स सिनियर वरीयतामा भने ४४४औं स्थानमा छन्।

प्रिन्स दुई वटा जुनियर प्रतियोगिता खेल्न हाल युरोपमा छन्। नेदरल्याण्ड्समा भएको डच जुनियर इन्टरनेशनलमा प्रिक्वाटरफाइनल पुगेक प्रिन्स चाइनिज ताइपेईका खेलाडीसँग पराजित भएका थिए। यस्तै अहिले उनी जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्न जर्मनीमा छन्। प्रिन्स पहिलो पटक युरोपमा खेल्न गएका हुन्।

जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन्। यस्तै भारतका दुई खेलाडी प्रिन्सभन्दा अघि छन्। भारतमा मेइराबा लुवाङ दोस्रो वरुण कपुर तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: : 2020-03-04 07:12:55

प्रतिकृया दिनुहोस्