मङ्गलबार, १९ अगस्ट २०२५

खोटाङबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना, ६ को मृत्यु, ३ गम्भीर

News Image
• • •

ओखलढुंगा : ओखलढुंगामा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ। खोटाङको हलेसीबाट काठमाडौं जाँदै गरेको बा १६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका- ७ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको हो। 

दुर्घटनामा २ जना महिला र ४ जना पुरुषको ज्यान गएको बताइए पनि सनाखत हुन नसकेको  प्रहरीले जानकारी दिएको छ। अन्य तीन गम्भीर घाइतेको दयपुरको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

आइतबार, चैत्र १७, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)