एजेन्सी
पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना अर्थात कोभिड–१९ भाइरसको संक्रमण एक लाख भन्दा बढीमा देखिएका छ। शुक्रबार अपरान्हसम्मा १ लाख १ सय ६२ जनामा कोरोनाको संकेत देखिएको हो ।
कोरोना देखिएका मध्ये आधा भन्दा बढी निको भइसकेका छन्। ९३ देशमा पुगेको कोरोनाका ५५ हजार ८ सय १२ जना उपचारपछि निको भइसकेको एजेन्सीहरूले जनाएका छन् ।
कोरोनाका कारण ३ हजार ४०६ जनाको ज्यान गइसकेको छ ।
यता चीनका सुपरस्टार ज्याकी चेनको स्वास्थ्यको विषयलाई लिएर उनका समर्थकहरूले चिन्ता व्यक्त गरेका छन्। जब कि ज्याकीले इन्स्टाग्राममा आफू सुरक्षित रहेको र केही आत्तिनु नपर्ने बताइसकेका छन् ।
अंग्रेजी वेबसाइट स्पाटवोयका अनुसार ज्याकीका विश्वभर धेरै शुभचिन्तक छन् । सबै शुभचिन्तकलाई उनको स्वास्थ्यलाई लिएर चिन्ता हुनु स्वाभाविक हो ।
‘चिन्ता लिनुभएका सम्पूर्ण शुभचिन्तकहरूमा धन्यवाद । म सुरक्षित र तन्दुरूस्त छु । आशा गर्छु, तपाईंहरू पनि स्वस्थ हुनुुहुनेछ,’ उनले इन्स्टाग्राममा लेखेका छन् ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया