एजेन्सी
पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना अर्थात कोभिड–१९ भाइरसको संक्रमण एक लाख भन्दा बढीमा देखिएका छ। शुक्रबार अपरान्हसम्मा १ लाख १ सय ६२ जनामा कोरोनाको संकेत देखिएको हो ।
कोरोना देखिएका मध्ये आधा भन्दा बढी निको भइसकेका छन्। ९३ देशमा पुगेको कोरोनाका ५५ हजार ८ सय १२ जना उपचारपछि निको भइसकेको एजेन्सीहरूले जनाएका छन् ।
कोरोनाका कारण ३ हजार ४०६ जनाको ज्यान गइसकेको छ ।
यता चीनका सुपरस्टार ज्याकी चेनको स्वास्थ्यको विषयलाई लिएर उनका समर्थकहरूले चिन्ता व्यक्त गरेका छन्। जब कि ज्याकीले इन्स्टाग्राममा आफू सुरक्षित रहेको र केही आत्तिनु नपर्ने बताइसकेका छन् ।
अंग्रेजी वेबसाइट स्पाटवोयका अनुसार ज्याकीका विश्वभर धेरै शुभचिन्तक छन् । सबै शुभचिन्तकलाई उनको स्वास्थ्यलाई लिएर चिन्ता हुनु स्वाभाविक हो ।
‘चिन्ता लिनुभएका सम्पूर्ण शुभचिन्तकहरूमा धन्यवाद । म सुरक्षित र तन्दुरूस्त छु । आशा गर्छु, तपाईंहरू पनि स्वस्थ हुनुुहुनेछ,’ उनले इन्स्टाग्राममा लेखेका छन् ।
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया