आइतबार, ०३ अगस्ट २०२५

प्रधानपञ्च मनिलालको घर बन्यो संग्रहालय

सेतोपाटी

सेतोपाटी

कास्की
News Image
• • •

युवराज श्रेष्ठ

कास्कीको माछापुच्छ्रे ८ इमु गाउँमा अरु घरभन्दा ठूलो छ मनिलाल गुरुङको घर। ढुंगाले छाएको यो घर रंग–रोगन गरेर सजाइएको छ। आँगनमा तिब्बती ध्वजा फहराइएको छ। घरमा अचेल कोही बस्दैनन्। घरभित्र भने सामान सजाइएका छन्। माटोले लिपेको भित्तामा पानी पर्दा ओढ्ने स्याखु झुण्डिएको छ। भुइँमा तमाखुदेखि तामाको गाग्री, हुक्का, भकारी लगायत गुरुङ समुदायका पुरातन सामग्री राखिएको छ। माछापुच्छ्रे पदमार्गको बाटो छेउमै पुरानो घरलाई संरक्षण गरेर संग्रहालयमा रूपान्तरण गरिएको छ।

गाउँभरिकै ठूलो घर भनेर मात्र यो घरलाई संग्रहालय बनाइएको भने होइन। मनिलालका कान्छा छोरा रामहरी गुरुङका अनुसार मनिलालको योगदान तत्कालीन घलेल गाविसमा मात्र होइन, छिमेकमा पनि उत्तिकै अमिट छ। पञ्चायतकालमा प्रधानपञ्च भएर मनिलालले गाउँको विकास निर्माण, शौक्षिक र सामाजिक काममा पुर्‍याएको योगदान सम्झिराख्न संग्रहालय बनाएको रामहरीको भनाइ छ।

आइतबार, फाल्गुण २५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)