
एजेन्सी
बलिउडमा निकै रुचाइएको चलचित्र ‘बधाई हो’को सिक्वेल भन्ने भएको छ। सिक्वेल चलचित्रको नाम ‘बधाई दो’ राखिएको छ। यो चलचित्रले ‘बधाई हो’को कथालाई निरन्तरता दिनेछैन। चलचित्रलाई कमेडी जनरामा बनाउने तयारी निर्माणपक्षले गरेको छ।
यो चलचित्रको लागि नायक राजकुमार राव र नायिका भूमि पेन्डेकर पक्का भएका छन्। राजकुमार र भूमिले यसै चलचित्रमार्फत पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन्। कथावस्तु राम्रो भएपछि भूमी र राजुकमार काम गर्न तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
चलचित्रलाई हर्षवद्र्धन कुलकर्णीले निर्देशन गर्नेछन्।
यसअघि ‘बधाई हो’मा आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्राको मुख्य भूमिका रहेको थियो। यो चलचित्रले राष्ट्रिय अवार्ड समेत हात पारेको थियो। समीक्षात्मक रुपमा पनि अब्बल बनेको यो चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया