काेराेनाबाट ज्यान गुमाएकाहरुकाे सम्झनामा दिपप्रज्वलन

बिमला गुप्ता

काठमाडाै‌ं

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएकाहरुकाे सम्झनामा वीरगन्जमा दिपप्रज्वलन गरिएकाे छ।

भोलेन्टियर समूह वीरगन्ज र वातावरणः जिउने आधारले घन्टाघरमा सयुक्तरुपमा दिपप्रज्वलन गरेकाे हाे।

यसअघि काेराेनबाट सतर्कता अपनाउन जनचेतनामूलक र्‍याली निकालिएको थियाे। 

घन्टाघरदेखि माइस्थानसम्म निकालिएको र्‍यालीमा करिब १२० जना युवा, व्यापारी, अभियन्ता, प्रहरीहरुको उपस्थिति रहेको थियो।

र्‍यालीमा घन्टाघरदेखि माइस्थानसम्म २/२ मिटरसम्मको दुरीमा ट्राफिक डिभाइडरको रुपमा युवाहरु खडा भएर जनचेतना सम्बन्धि प्लेकार्ड, पर्चा,पम्पलेट बितरण गरेका थिए।

 

प्रकाशित मिति: : 2020-03-15 10:34:33

प्रतिकृया दिनुहोस्