ओलम्पिक नसार्ने योजनामा जापान

बिएल संवाददाता

काठमाडाै‌ं

जापानका प्रधानमन्त्री शिन्जो अबेले टोकियो ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन्। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विश्वभरका खेल गतिविधि प्रभावित बनिरहेको बेला अबेले निर्धारीत समयमै हुने दावी गरेका हुन्।

तर,प्रधानमन्त्री अबेले टोकियो ओलम्पिक २०२० समयमै हुने नहुने बारे अन्तिम निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले गर्ने बताए।

‘हामी संक्रमणको असरलाई टाढा राख्दै बिना समस्या योजनाअनुसार नै ओलम्पिकको आयोजना गर्नेछौं’ उनले भनेका छन्। टोकियो ओलम्पिकका लागि १३ खर्ब ५० अर्ब जापानी यान खर्च हुने अनुमान गरिएको छ।

कोरोनाकै कारण ओलम्पिक टर्च रिलेसमेत रद्ध भएको छ। मार्च १२ मा टर्च ग्रिसमा बालिएको थियो।  तर टर्चको रिले रद्ध भएको हो। अब मार्च २६ मा टर्च रिले जापानको फुकुसिमाबाट शुरु हुने कार्यक्रम छ।

जापानमा १४ सयभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको थियो भने २८ जनाको मृत्यु भएको छ। टोकियोका गभर्नर युरिको कोइकेले जापानमा टर्च रिले गर्न आवश्यक सम्पूर्ण सावधानी अपनाएको बताएका छन्।

रेशलिङ, रोविङ, ड्राइभिङलगायत ओलम्पिकमा ट्रायल गरिने केही खेलहरू अमेरिकामा स्थगित भएका छन्। लन्डनमा भने बक्सिङको इभेन्टहरू १ चैतमा तालिकाअनुसार नै भएको छ।

प्रकाशित मिति: : 2020-03-16 01:50:41

प्रतिकृया दिनुहोस्