बिएल संवाददाता
मुगुको रारा ताल घुम्न जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
काठमाडौंबाट रारा जाँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको टोयोटा गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकखण्डको जिमाकाँरा भिरबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गाडीमा चालकसहित पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन्।
प्रहरिका अनुसार मृत्यु हुनेमा काठमाडौं बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा छन्।
तीनै जनालाई जिल्ला अस्पताल मुगु ठिनी पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा ललितपुरकी ५४ वर्षीया अन्जु थापा र ५८ वर्षीय जिप चालक कञ्चन थापा घाइते भएका छन्।
घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए।
दुर्घटनाको कारण र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया