खाली रङ्गशालाबाट सुरु हुने भयाे टोकियो ओलम्पिकको टर्च र्‍याली

खाली रङ्गशालाबाट सुरु हुने भयाे टोकियो ओलम्पिकको टर्च र्‍याली

 टोकियो ओलम्पिक २०२० को टर्च र्‍याली आउँदो हप्तादेखि ग्रिसको एथेन्सबाट सुरु हुँदैछ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विश्वभरका खेल गतिविधि प्रभावित बनिरहेको बेला ओलम्पिक टर्च रिले सुरु हुन लागेको हो।

तर यसवर्र्ष ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा हुने भएको छ। सन् १८९६ देखि सुरु भएको टर्च हस्तान्तरणको कार्यक्रममा यसअघिसम्म हजारौं समर्थकको सहभागिता हुने गर्‍याे। 

ग्रिसमा अहिलेसम्म २ सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।

यस अघि नै 

जापानका प्रधानमन्त्री शिन्जो अबेले टोकियो ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन्।तर,प्रधानमन्त्री अबेले टोकियो ओलम्पिक २०२० समयमै हुने नहुने बारे अन्तिम निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले गर्ने बताए।

‘हामी संक्रमणको असरलाई टाढा राख्दै बिना समस्या योजनाअनुसार नै ओलम्पिकको आयोजना गर्नेछौं’ उनले भनेका छन्। टोकियो ओलम्पिकका लागि १३ खर्ब ५० अर्ब जापानी यान खर्च हुने अनुमान गरिएको छ।

जापानमा १४ सयभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको थियो भने २८ जनाको मृत्यु भएको छ। टोकियोका गभर्नर युरिको कोइकेले जापानमा टर्च रिले गर्न आवश्यक सम्पूर्ण सावधानी अपनाएको बताएका छन्।

रेशलिङ, रोविङ, ड्राइभिङलगायत ओलम्पिकमा ट्रायल गरिने केही खेलहरू अमेरिकामा स्थगित भएका छन्। लन्डनमा भने बक्सिङको इभेन्टहरू १ चैतमा तालिकाअनुसार नै भएको छ।

प्रकाशित मिति: Mar 16, 2020 09:03:03

प्रतिक्रिया दिनुहोस

सबै