
बिएल संवाददाता
कोरोना अर्थात् कोभिड–१९ प्रभावित बिरामीको संख्या बढिरहेको सन्दर्भमा मुम्बई प्रहरी प्रशासनले सामुहिक घुमफिरमा प्रतिबन्ध लगाएको छ।
आन्तरिक तथा विदेशी पर्यटकलाई समूह बनाएर हिँडडुल नगर्न सचेत बनाएको हो। मुम्बई प्रशासनले समूहगत रुपमा घुमफिरको आयोजनामा रोक लगाउन पर्यटकीय कम्पनीहरुलाई अनुरोध गदैं– धारा १४४ लागूको निर्देशन दिएको छ। प्रशासनको निगरानीसँगै मुम्बईका पर्यटकीय स्थल तथा स्थानीय रेलहरुमा मानिसहरुको चाप कम् देखिएको छ।
तीन दिनभित्र देशभर सुटिङ बन्द गर्न समेत फिल्म उद्योगलाई अनुरोध गरिएको छ। दैनिक सयौं संख्यामा फिल्महरु सुटिङ हुने मुम्बई शहर कोरोनाका कारण निकै मारमा परेको फिल्म निमार्ताहरुले बताएका छन्। पछिल्लो समय कोरोना प्रभावितको संख्या बढेर ३३ पुगेको – महाराष्ट्र राज्यका स्वास्थ्य मन्त्री राजेश टोपे बताएका छन्। कोभिड–१९ प्रभावित आशंका गरिएका ८० जना बिरामीहरुको कस्तूरबा अस्पतालमा उपचार चलिरहेको छ।
मुम्बई प्रशासनले हालै सार्वजनिक गरेको सूचनामा कसैले अवहेलना गरे भारतीय दण्ड संहिताको धारा १८८ मार्फत कारबाही हुने चेतावनी दिएको छ। हामीहरुले कोभिड–१९ को फैलिनबाट रोक्नका लागि, यी नियमहरु पालना गर्न आदेश दिएका छौं – मुम्बई प्रहरी अधिकारी प्रणय अशोकले भने। यो आदेश ३१ मार्चसम्म लागू हुने बताइएको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया