बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबार आइतबारदेखि बन्द गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै अत्यावश्यकबाहेककासबै सेवा बन्द गर्न निर्देशन दिएपछि सेयर बजार पनि बन्द हुने भएको हो।
सरकारले अत्यावश्यक भनेर किटान गरेका क्षेत्रमा सेयर बजार पर्दैन। यसर्थ, आइतबारबाट सेयर कारोबार नहुने नेप्सेले जनाएको छ।
त्यसो त लगानीकर्ताका संघसंस्थाले यसअघि नै केही समयका लागि सेयर बजार बन्द गर्न माग गरेका थिए। लगानीकर्ताको माग बमोजिम नेप्से र धितोपत्र बोर्डले बजार बन्द गर्ने संकेत यसअघि नै गरिसकेका थिए। यसका लागि धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताएको थियो।
प्रधानमन्त्री ओलीको सम्बोधनमा अत्यावश्यकबाहेकका बाँकी सेवा कम्तिमा २ साताका लागि बन्द गर्ने भनेका छन्। नेप्से र बोर्डले औपचारिक निर्णय भने आइतबार मात्र सार्वजनिक गर्ने छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया