बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबार आइतबारदेखि बन्द गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै अत्यावश्यकबाहेककासबै सेवा बन्द गर्न निर्देशन दिएपछि सेयर बजार पनि बन्द हुने भएको हो।
सरकारले अत्यावश्यक भनेर किटान गरेका क्षेत्रमा सेयर बजार पर्दैन। यसर्थ, आइतबारबाट सेयर कारोबार नहुने नेप्सेले जनाएको छ।
त्यसो त लगानीकर्ताका संघसंस्थाले यसअघि नै केही समयका लागि सेयर बजार बन्द गर्न माग गरेका थिए। लगानीकर्ताको माग बमोजिम नेप्से र धितोपत्र बोर्डले बजार बन्द गर्ने संकेत यसअघि नै गरिसकेका थिए। यसका लागि धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताएको थियो।
प्रधानमन्त्री ओलीको सम्बोधनमा अत्यावश्यकबाहेकका बाँकी सेवा कम्तिमा २ साताका लागि बन्द गर्ने भनेका छन्। नेप्से र बोर्डले औपचारिक निर्णय भने आइतबार मात्र सार्वजनिक गर्ने छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया