
बिएल संवाददाता
नेपाल सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना भाइरस विरुद्धको अभियानका लागि तत्काल आवश्यक परेका थप जनशक्तिको पदपूर्ति करार सेवा मार्फत गर्ने भएको छ।
कोरोना भाइरस अर्थात कोभिड–१९को सम्भावित संक्रमितको परीक्षण तथा निगरानीको प्रमुख जिम्मेवारी पाएको टेकु अस्पतालले तीन महिनाको करार अवधिका लागि कन्सलटेण्टसहित स्टाफ नर्ससम्मको आवेदन आह्वान गरेको छ।
अस्पतालले आइतबार सूचना निकालेर कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट ६ जना, मेडिकल अधिकृत ८ जना, नर्सिङ्ग अधिकृत चारजना र स्टाफ नर्स २६ जनाका लागि आवेदन आह्वान गरेको हो।
पाँच दिन भित्र इच्छुक योग्यता पुगेका उम्मेदवारले टेकु अस्पतालमै गएर आवेदन दिन सक्ने जनाइएको छ। छनोटका लागि अन्तर्वार्ता लिइने पनि अस्पतालले उल्लेख गरेको छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया