
एजेन्सी
कोलम्बियाको राजधानी बोगोटामा रहेको एक जेलमा झडप हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ।
बोगोटाको सबैभन्दा ठूलो मध्येको एक जेलमा कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण उत्पन तनावकाबीच कैदी भाग्ने प्रयास गर्दा झडप भएको बीबीसीले जनाएको छ।
कोरोना संक्रमण फैलिएका बेला पनि जेलमा क्षमता भन्दा बढी कैदी रहेको तथा स्वास्थ्य सेवा अति नाजुक रहेको भन्दै कैदी बन्दीले आइतबार देशभरका जेलमा प्रदर्शन गरेका थिए। सोही क्रममा ला मोडेलो जेलमा झडप भएको हो।
कोलम्बियाको न्याय मन्त्रालयका अनुसार झडपमा ८३ जना कैदी घाइते भएका छन्। घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। कैदीले कोरोना भयकाबीच आफूहरुलाई उपयुक्त स्वास्थ्य सेवा प्रदान नभएको विरोधमा प्रदर्शन गरेको बताए पनि न्याय मन्त्रालयले भने कैदीहरु यो मौका छोपेर भाग्न चाहेको दाबी गरेको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया