एजेन्सी
कोलम्बियाको राजधानी बोगोटामा रहेको एक जेलमा झडप हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ।
बोगोटाको सबैभन्दा ठूलो मध्येको एक जेलमा कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण उत्पन तनावकाबीच कैदी भाग्ने प्रयास गर्दा झडप भएको बीबीसीले जनाएको छ।
कोरोना संक्रमण फैलिएका बेला पनि जेलमा क्षमता भन्दा बढी कैदी रहेको तथा स्वास्थ्य सेवा अति नाजुक रहेको भन्दै कैदी बन्दीले आइतबार देशभरका जेलमा प्रदर्शन गरेका थिए। सोही क्रममा ला मोडेलो जेलमा झडप भएको हो।
कोलम्बियाको न्याय मन्त्रालयका अनुसार झडपमा ८३ जना कैदी घाइते भएका छन्। घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। कैदीले कोरोना भयकाबीच आफूहरुलाई उपयुक्त स्वास्थ्य सेवा प्रदान नभएको विरोधमा प्रदर्शन गरेको बताए पनि न्याय मन्त्रालयले भने कैदीहरु यो मौका छोपेर भाग्न चाहेको दाबी गरेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया