
बिएल संवाददाता
सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपनि सोमबार केही उडान भने हुने भएका छन्। नेपालमा रहेका विदेशी नागरिकलाई लैजानका लागि आज ४ वटा अन्तर्राष्ट्रिय उडान हुने भएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीका नाममा गरेको सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म विदेशबाट नेपाल आउने सबै हवाइजहाज सञ्चालनमा प्रतिबन्ध लगाएको घोषण गरेका थिए। तर उताबाट यात्रु ल्याउन नपाइने भएपनि यताबाटै लैजान भने सरकारले छूट दिएको छ।
पहिलो उडान कतार एरलाइन्सको छ भने अन्य ३ उडान रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रामकृपाल साहले बताए।
‘आज ४ वटा उडानको शेड्युल आएको छ,’ साहले भने, ‘पहिलो त कतार एयरलाइन्सको छ, अन्य कुन–कुन भन्ने विस्तृत जानकारी गराइएको छैन।’
विमानस्थल स्रोतका अनुसार कतार एयरवेजका २ वटा, सिल्क एयरलाइन्सको एउटा र इत्तेहाद एयरलाइन्सको एउटा उडान हुन लागेका छन्।
पहिलो कतार एयरवेजको विमान बिहान १० बजेर १५ मिनेटमा अवतरण गरेकाे थियाे भने ११ बजेर २५ मिनेट जाँदा उडान भरेकाे थियो। यस्तै ३ बजेर १५ मिनेटमा इतिहाद एयरवेजको विमान अवतरण गरेर ४ बजेर १५ मिनेटमा उडान भर्नेछ।
यता कोरियन एयरको विमान ७ बजेर ५ मिनेटमा अवतरण गरेर ८ बजेर २० मिनेटमा उडान भर्नेछ। यस्तै कतार एयरकै विमान ७ बजेर १५ मिनेटमा अवतरण ८ बजेर ३५ मिनेटमा भर्नेछ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया