बिएल संवाददाता
नेपालमा कोरोना भाइरस संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमै रहेको बताएकी छन्। नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन्।
यसअघि पनि नेपाललाई सहयोगका लागि तयार रहेको जनाएको चीनले सोमबार पुनः वचन दोहोर्याएकाे हो।
‘हामी नेपालका लागि प्रार्थना गर्दैछौँ। हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौँ। हामी साथमा छौँ,’ उनले ट्विट गरेकी छिन्।
गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोनाबाट चीन आक्रान्त बनेको थियो। तर अहिले चीन कोरोनाविरुद्धको लडाइँमा जित नजिक पुगेको छ। कोरोनाविरुद्धको लडाइँमा जित नजिक पुगेको उसले यसको चपेटामा परेका देशहरूतर्फ सहयोगको हात अघि बढाएको छ।
कोरोना भाइरसबाट आक्रान्त भएको बेला नेपाल सरकारले चीनलाई एक लाख थान मेडिकल मास्क सहयोग गरेको थियो भने नागरिकस्तरबाट ‘नेपाल चीनको साथमा छ’ भनेर हौसला बढाउने खालका कार्यक्रमहरु आयोजना गरिएका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया