बिएल संवाददाता
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा निषेधाज्ञाको जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार विहान ६ बजेदेखि लागू हुनेगरि चैत १८ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।
प्रशासनले सूचना जारी गरि निषेधाज्ञाको समयमा कोही पनि मानिसलाई घर बाहिर ननिस्कनका लागि आग्रह गरेको छ।
जिल्लामा कोरोना भाइरसको संभावित जोखिम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सोमबार राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णयलाई मानिसहरुले गम्भीरता पूर्वक नलिएपछि प्रशासनले मंगलबार बिहान नौं बजेदेखि पुनः निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
निषेधाज्ञा जारि भएपछि सदरमुकाम तम्घासमा मानिसहरुको आवागमन ठप्प बनेको छ।
प्रशासनले अत्यावश्यक सेवाहरु एम्बुलेन्स, अस्पताल स्वास्थ्य संस्था, औषधि पसलहरु र पेट्रोल पम्प भने २४ सै घण्टा खुला रहने जनाएको छ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया