बिएल संवाददाता
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा निषेधाज्ञाको जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार विहान ६ बजेदेखि लागू हुनेगरि चैत १८ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।
प्रशासनले सूचना जारी गरि निषेधाज्ञाको समयमा कोही पनि मानिसलाई घर बाहिर ननिस्कनका लागि आग्रह गरेको छ।
जिल्लामा कोरोना भाइरसको संभावित जोखिम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सोमबार राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णयलाई मानिसहरुले गम्भीरता पूर्वक नलिएपछि प्रशासनले मंगलबार बिहान नौं बजेदेखि पुनः निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
निषेधाज्ञा जारि भएपछि सदरमुकाम तम्घासमा मानिसहरुको आवागमन ठप्प बनेको छ।
प्रशासनले अत्यावश्यक सेवाहरु एम्बुलेन्स, अस्पताल स्वास्थ्य संस्था, औषधि पसलहरु र पेट्रोल पम्प भने २४ सै घण्टा खुला रहने जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया