गायिका कनिकाको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

बलिउडकी गायिका कनिका कपूर यतिबेला कोरोना भाइरससँग लड्दै छिन्। ९ मार्चमा लन्डनबाट फर्किएकी कनिकालाई एयरपोर्टमा ‘थर्मल स्क्रीनिंग’ गर्दा कोरोनको संक्रमण देखा परेको थिएन।

लण्डनबाट फर्किएकाे केही दिनपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो बीचमा उनले लखनऊमा कलाकारहरुको दुई-तीन ठूला पार्टीहरूमा रूपमा भाग लिएकी थिइन् जसमा ठूलो संख्यामा व्यक्तिहरू उपस्थित थिए।

तर पछि अचानक उनले  सामाजिक संजालमा आफू कोरोनाबाट संक्रमित भएको जानकारी दिएकी थिइन्।  

मंगलबार उनको फेरी कोरोना टेस्ट गरिएको छ,तर तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। उनको उपचारमा चिकित्सकका अलावा ६ जना नर्सको टोली खटिएको छ।

उनीहरुले चार–चार घण्टाको सिफ्टमा काम गरिरहेका बिबिसी हिन्दीले जनाएको छ।

कनिकाले सरकारी संहिताको पालना नगरेको भन्दै आलोचना भइरहेको छ।

उनमा कोरोना संक्रमण पाएपछि लखनऊमा हलचल मच्चिएको छ। कनिकाको परिवार बसोबास गर्ने स्थान सिल गरिएको छ। तर मंगलबारसम्म कोही संक्रमित भने फेला परेको छैन।

प्रकाशित मिति: : 2020-03-26 00:38:39

प्रतिकृया दिनुहोस्