रातोपाटी
कोरोनाको कारण आजको मितिसम्म विश्वभरमा झण्डै २० हजारले ज्यान गुमाइसकेका छन् भने संक्रमितको सङ्ख्या ४ लाख पुग्न लागिसकेको छ । अहिले विश्वभरका १ सय ९४ देशमा कोरोना भाइरसले प्रवेश पाइसकेको छ । त्यसैले आम रुपमा फैलिन नदिनका लागि मुलुकहरुले आआफ्नो देशलाई पूरै लकडाउन गर्ने कार्य धमाधम गर्दैछन् । यति भयावहको स्थिति सम्भवतः विश्वयुद्धको समयमा पनि भएन । कोरोनाको संक्रमण फैलिने र संक्रमणबाट मानिसहरु मर्ने क्रम कहिलेसम्ममा रोकिने हो, त्यो अहिले अनुमानको विषय मात्र भएको छ । त्यसैले विश्वमा भयावहको अवस्था अझै लम्बिने प्रष्ट छ । नेपालमा पनि अहिलेसम्म दुईजना संक्रमित भएको र पछिल्लो संक्रमित एक युवती अहिले काठमाडौंमा आइसोलेसन वार्डमा रही उपचार गराइरहेकी छन् ।
सुरुका संक्रमित व्यक्ति यसअघि नै उपचारबाट निको भई सामान्य जीवनमा फर्किसकेका छन् । तर, पछिल्लो संक्रमित व्यक्तिको कारणबाट ‘लौ अब नेपालमा पनि साँच्ची नै कोरोना भित्रियो’ भन्ने महसुस गरी नेपाल सरकारले गत मंगलवार (चैत्र ११ गते) देखि एक हप्ताका लागि पूरै देश लकडाउन गरेको छ । यस्तो अवस्थामा हामीलाई लाग्न सक्छ कि विश्वमा मानव जातिमाथि अहिले आइपरेको अप्ठेरो अवस्था नौलो हो र यसले कहिँ मानव सभ्यता एवं अस्तित्वलाई नै सखाप त पार्ने होइन ?
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया