काेराेनाबाट विकासोन्मुख देशका दशौँ लाख मानिसको ज्यान जानसक्छ: संयुक्त राष्ट्र संघ

काेराेनाबाट विकासोन्मुख देशका दशौँ लाख मानिसको ज्यान जानसक्छ: संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरसकाे महामारीबाट विकासोन्मुख देशका दशौँ लाख मानिसले ज्यान गुमाउन सक्ने चेतावनी िदएका छन्।

यो महामारी सम्पूर्ण मानवजातिका लागि खतरा भएको भन्दै  विकसित देशहरुले नियन्त्रण गर्न सक्ने भए पनि विकासोन्मुख देशहरूमा डढेलो झैँ फैलन गइ दशौँ लाख मानिसको ज्यान जान सक्ने गुटेरसले चेतावनी दिएको बीबीसीले जनाएको छ। 

अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको भन्दै महासचिव गुटेरसले कोरोनाविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताए।

तीव्र गतिमा फैलिने शक्ति भएको कोरोनाविरुद्ध देशहरुको एक्ला एक्लै लडाइँ पर्याप्त नहुने भन्दै गुटेरसले सबै देशहरुले संयुक्त लडाइँ सुरु गर्नुपर्नमा जोड दिए।

एक्लै लड्दा भाइरसले स्वरूप बदल्ने अवसर पाउने र यदि स्वरुप बदलियो भने बनाइँदै गरेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्ने भन्दै उनले संयुक्त लडाइँबाट कोरोनालाई जित्नुपर्ने बताए। 

संयुक्त राष्ट्र संघले आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न दुई अर्ब डलर कोषको घोषणा पनि गरेको छ। 

 यसअघि कोरोनाको समस्या चुनौतीपूर्ण रहेको भन्दै विश्वभरि चलिरहेका सशसस्त्र युद्ध तत्काल रोक्न महासचिव गुटेरसले आह्वान गरेका थिए। 

प्रकाशित मिति: Mar 26, 2020 07:55:35

प्रतिक्रिया दिनुहोस