
बिएल संवाददाता
अमेरिकी सिनेटले कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्ने राहत प्याकेजसहितको विधेयक पारित गरेको छ। बुधबार मध्यराति पारित भएको विधेयकको पक्षमा सिनेटमा उपस्थित ९६ सिनेटरले नै मतदान गरे।
दुई ट्रिलियन डलरको राहत विधेयकमा बार्षिक ७५ हजारभन्दा कम आम्दानी भएका करदातालाई १२ सय डलर, बार्षिक १ लाख ५० हजारभन्दा कम आम्दानी भएका दम्पतिलाई सय डलर र १७ बर्षभन्दा कम उमेरका परिवारका सदस्यलाई थप ५ सय डलर प्रदान गरिने उल्लेख छ।
७५ हजारदेखिमाथि ९९ हजारसम्म आम्दानी हुनेले पनि दामासाहीले राहत रकम पाउँनेछन्। तर, त्योभन्दा माथि आम्दानी हुनेले भने कुनै पनि प्रकारको प्रत्यक्ष राहत पाउँने छैनन्। राहतका लागि आम्दानीको आधार २०१९ को कर दाखिला गर्नेको हकमा त्यसैलाई र अन्यका हकमा २०१८ को कर दाखिलालाई आधार बनाइएको छ।
विधेयक शुक्रबार विहान ९ बजे मतदानका लागि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा लगिने छ। त्यहाँ पनि यो विधेयक पारित हुने लगभग निश्चित छ।
राहत रकम आगामी तीन साता भित्र आइआरएसमार्फत पठाइने आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको बताइएको छ। त्यस बारेमा थप गृहकार्य भैरहेको पनि ट्रेजरी सेक्रेटरीले जानकारी दिएका छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया