
रासस
कोरोना पुष्टि भएकी युवतीसँगै आएका एक युवक रहेको भनी प्रचार गरिएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भ्रमित नपार्न सामाजिक सञ्जालकर्तालाई आग्रह गरेका छन्।
ती युवतीसँगै हवाइजहाजमा सँगै आएका एक युवकको नामावली दैलेखमा देखिएको सामाजिक सञ्जालमा भाइरल बन्दै गएपछि प्रजिअले सबैलाई आग्रह गरेका हुन्।
नामावलीमा दैलेख लेखिनुको कारण नागरिकता प्रमाणपत्र दैलेखको भएकाले हो। ती व्यक्ति सात वर्षअघि नै दैलेखबाट बसाइँसराइ गरी सुर्खेत गइसकेकाले कुनै चिन्ता र भयभीय नहुन प्रजिअले दैलेखवासीलाई अनुरोध गरेका छन्। यस्ता खबर सामाजिक सञ्जालमा नराखी दिन पनि उनले आग्रह गरे।
नागरिकता प्रमाणपत्रमा दैलेख नौमुले– ६ साविक सल्लेरी रहे पनि ती व्यक्ति दैलेख नआउने र उनी सुर्खेतस्थित क्वारेन्टाइनमा रहेको बुझिएको छ।
'त्यसैले सबै ढुक्क र निश्चिन्त हुनुहोस्, दैलेखमा कुनै समस्या छैन, हामी सतर्कता अपनाउन तयार छौंँ' उनले भने। बरु सामजिक सञ्जालमा कोरोनासम्बन्धी सन्देशमूलक र चेतनामूलक गतिविधि राख्न र लकडाउनलाई पालना गरेर घरमै बसेर सहयोग गरे।
यस्ता र भ्रमित र हतोत्साहित हुने खालका खबर सामाजिक सञ्जालमा राख्नेलाई बाध्य भएर कारबाही गरिने चेतावनी उनले दिए।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया