बिएल संवाददाता
कोरोनाको संत्राशपछि सरकारले गरेको ‘लकडाउन’ पछि पशुपतिनाथ, पारिपट्टिको सन्ध्या आरती मात्र हैन, पशुपतिनाथ परिसरको समसानघाट पनि सुनसान छ । कतै मृतकलाई कोरोना भाइरस संक्रमण भएको त हैन भन्ने आशंकाले पनि आफन्तजन मलामी जान छाडेका छन् ।
नेपाली समाजमा एउटा भनाइ छ– जन्ती डाकेपछि मात्र जानू, मलामी चाहिँ सुनेपछि जानू ! आफन्तलाई अन्तिम श्रद्धाञ्जलि दिन पछिल्लो समयमा महिलासमेत घाट जाने गर्थे । सयौँ मलामी देखिने आर्यघाटमा मलामी घटेर बिहीबार जम्मा ९ जना मात्रै भेटिए ।
लामो समयदेखि आर्यघाटनजिकै चियापसल गरेर बसेका बिराटनगर स्थायी घर भई काठमाडौं, बत्तीसपुतली बस्दै आएका ५८ वर्षीय अमर खरेलले भने, ‘कोरोनाको डरले मान्छे मलामी आउन छोडिसके ! घरबाट बाहिर ननिस्कनू भन्ने सरकारको निर्देशन छ । त्यसैले पनि मलामी नआएका हुन् कि !’
‘पहिला मलामी पनि निकै आउथे, हिजोआज मृतक कोरोनाले नै मरेका हुन् कि भन्ने डरले पनि मलामी आउन डराएका हुन्’, खरेलले भने ।
हुन त आर्यघाट उसै सुनसान छ । मलामी आउनेमा पनि मृतकको परिवारबाहिरका मान्छे आउन छाडे । ‘पहिला–पहिला निकै मलामी आउँथे, कोरोनाको हल्ला चलेपछि नै मलामी ह्वात्तै घटेका थिए’, खरेलले भने, ‘आर्यघाटमा अचेल निकै थोरै संख्यामा देखिन्छन् मलामी ! सदे मान्छे मर्दा पनि कोरोना बिरामी नै हो कि भन्ने भ्रम समाजमा फैलिसकेको छ । त्यसैले त्यति साह्रो मलामी नदेखिएका हुन् ।’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया