बिएल संवाददाता
कोरोना भाइरसको संक्रमणका कारण इटालीमा अहिलेसम्म ८ हजार २१५ जनाको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या ८० हजार ५३९ रहेको छ।
सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्रमा नयाँ संक्रमण तथा थप मृत्युमा कमी आउन थालेको छ। कोरोना महामारीको इपिसेन्टर उत्तरी क्षेत्र लोम्बार्दीमा महामारी केही कमजोर बन्दै गएको देखिएको छ।
तर तुलनात्मक रुपमा कमजोर आर्थिक अवस्था भएकाहरुको बसोबास रहेको दक्षिणी क्षेत्रमा पछिल्लो केही दिनमा संक्रमितको संख्या तीव्र रुपमा बढेको देखिएपछि चिन्ता थपिएको छ ।
उत्तरको तुलनामा दक्षिणमा गरिब इटालियनको बसोबास छ।दक्षिणी क्षेत्रमा संक्रमण बिस्तार भएमा अहिलेको स्वास्थ्य सेवाले चाप धान्न सक्ने छैन। नाप्लेस नजिकैको काम्पानिया तथा रोमको लाजिओ क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढिरहेको देखिएको छ।
यी क्षेत्रका स्वास्थ्य सेवाहरु धनी क्षेत्र उत्तरका स्वास्थ्य सेवा भन्दा कम सुविधा सम्पन्न रहेका छन्। काम्पानिया क्षेत्रमा अहिलेसम्म ७४ तथा लाजिओमा ९५ जनाको ज्यान गएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया