बिएल संवाददाता
कोरोना भाइरसको संक्रमणका कारण इटालीमा अहिलेसम्म ८ हजार २१५ जनाको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या ८० हजार ५३९ रहेको छ।
सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्रमा नयाँ संक्रमण तथा थप मृत्युमा कमी आउन थालेको छ। कोरोना महामारीको इपिसेन्टर उत्तरी क्षेत्र लोम्बार्दीमा महामारी केही कमजोर बन्दै गएको देखिएको छ।
तर तुलनात्मक रुपमा कमजोर आर्थिक अवस्था भएकाहरुको बसोबास रहेको दक्षिणी क्षेत्रमा पछिल्लो केही दिनमा संक्रमितको संख्या तीव्र रुपमा बढेको देखिएपछि चिन्ता थपिएको छ ।
उत्तरको तुलनामा दक्षिणमा गरिब इटालियनको बसोबास छ।दक्षिणी क्षेत्रमा संक्रमण बिस्तार भएमा अहिलेको स्वास्थ्य सेवाले चाप धान्न सक्ने छैन। नाप्लेस नजिकैको काम्पानिया तथा रोमको लाजिओ क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढिरहेको देखिएको छ।
यी क्षेत्रका स्वास्थ्य सेवाहरु धनी क्षेत्र उत्तरका स्वास्थ्य सेवा भन्दा कम सुविधा सम्पन्न रहेका छन्। काम्पानिया क्षेत्रमा अहिलेसम्म ७४ तथा लाजिओमा ९५ जनाको ज्यान गएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया