बिएल संवाददाता
नेपाल वायुसेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीईलगायतका औषधिजन्य सामाग्रीहरु लिन विमान ग्वाङझाओ जान लागेको हो।
भोलि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको विमानस्थल भन्सार विभाग स्रोतले बताएको छ।
स्रोतका अनुसार वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउनेछ।
यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया