
बिएल संवाददाता
नेपालमा रहेका जर्मन पर्यटकलाई स्वदेश फर्काउन कतार एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
नेपालस्थित जर्मन दूतावासले चाटर्ड गरेको उक्त विमानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन लागेको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक देवेन्द्र के.सीले बताए।
कतार एयरले नेपालमा रहेका तीन सय जर्मनीसहितका युरेपेली नागरिकलाई लिएर जानेछ।
सरकारले कोरोनाको जोखिमका कारण अन्तर्राष्ट्रिय उडानमा बन्देजसँगै देशभर लकडाउन घोषणा गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले विदेशबाट यात्रु बोकेर आउन पाउने छैनन् भने यहाँबाट लैजान सक्छन्।
दोहाबाट काठमाडौं आएको विमान सिधै फ्रान्सको पेरिस जानेछ। यसबाहेक पनि अमेरिका, जापान र अष्ट्रेलियाले पनि आफ्ना नागरिक लैजानका लागि अनुमति माग गरिरहेका उनले जनाकारी दिए। यसका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुमति लिनुपर्ने हुन्छ।
कोरोना जोखिम न्यूनीकरण उच्चस्तरी समितिको मंगलबार बसको बैठकले पनि देशका विभिन्न भूभागमा रहेको विदेशी नागरिकलाई उद्धार गरी उनीहरुकै देश पठाउने निर्णय गरेको थियो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया